Comments Add Comment

एनआरएन मलेसियाका अध्यक्ष हटाइए

nrna_logo_latestमलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएन) मलेसियाका अध्यक्ष महेन्द्रजंग शाहलाई उनकै समितिले हटाएको छ ।

शनिवार उपाध्यक्ष शुकमाया थापा (शान्ती) को अध्यक्षतामा बसेको बैठकले एनआरएनको गरिमामा दाग लगाएकाले शाहलाई हटाईएको प्रेस विज्ञाप्तीमा उल्लेख गरिएको छ ।

नेपाली राजदूतावास मलेसिया, विभिन्न व्यक्ति तथा संस्थाले दिएको उजुरी, सञ्चार माध्यमहरुमा आएका समाचारहरु तथा मलेसियाको प्रहरी कार्यालयमा परेको उजुरीको आधारमा शाह एनआरएनजस्तो संस्थाको अध्यक्षमा रहन नसक्ने ठहर गर्दे हटाइएको विज्ञप्तीमा उल्लेख छ ।

अध्यक्ष शाहको वारेमा  परेका उजुरी र समाचारका बारेमा जानकारी गराउँदा पनि अटेर गरेको र बैठकसमेत नबोलाएकाले उपाध्यक्षको पहलमा बैठक बसेर पदवाट हटाईएको उल्लेख गरिएको छ ।

शनिवार वसेको बैठकले दुई महिनाभित्र नयाँ कार्य समिति चयन गर्न एनआरएन मलेसियाका प्रमुख संरक्षक शंकरबहादुर पौडेललाई जिम्मेवारी दिइएको छ । पौडेल यस अघिका अध्यक्ष हुन् ।

पदमुक्त गरिएको सम्वन्धमा प्रतिक्रिया लिन खोज्दा शाहसँग सम्पर्क हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment