+
+
Shares

३५ किलो सुनसहित एक नेपाली भारतमा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १३ गते ८:३६

35 kg gold१३ वैशाख, काठमाडौं । ३५ किलो सुनसहित भारतमा तीन जना पक्राउ परेका छन्, जसमा एक नेपाली पनि छन् ।

राजश्व अनुसन्धान निर्देशनालय डीआरआईको टोलीले उत्तरी बंगालमा एका कारबाट सुन बरामद गरेको हो । समाचारहरुमा जनाइए अनुसार बरामद भएको सुन एक किलोको पुरियाहरु थियो र यसको कुल मूल्य १० करोड पर्छ ।

विशेष सूचनाका आधारमा गाडी नियन्त्रणमा लिएको र खनतलासी गर्दा सुन भेटिएको डीआरईका कानुन व्यवसायी अजय चौधरीले बताएका छन् ।

अधिकारीहरुले बताए अनुसार यो सुन चीनबाट आएको हो । पक्राउ परेका तीन जनाले भारत र भुटानको सीमाबाट ल्याएका थिए ।

सुन तस्करीका क्रममा पक्राउ पर्ने नेपालीको ना प्रमोद देवकोटा भएको अधिकारीहरुले बताएका छन् । उनी झापाका हुन् । अन्य दुई भने भारत सिलगुढीका हुन् ।

उनीहरुलाई १४ दिन थुनामा राखेर अनुसन्धान गर्न त्यहाँको अदालतले अनुमति दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?