+
+
Shares

यसकारण बनाएका रहेछन् रमितले पाखुरामा शीवको ट्याटु

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १३ गते १४:३७

ramit dhungana tatoo
नायक रमित ढुंगाना हरेक दिन भगवान् शीवको मन्त्र पढ्छन् । उनी शिवको ठूलो भक्त हुन् । अनलाइनखबरको एक भेटमा रमितले आफूले बच्चैदेखि शिवलाई मान्ने गरेको सुनाए ।
यसको कारण खुलाउँदै रमितले भने-‘हामी पशुपतिनाथको देशमा जन्मिएको मान्छे हौ । यसैले पनि म शिवको सानैबाट भक्त भएँ ।’

उनले शिवको ट्याटु आफ्नो पाखुरामा पनि खोपेका छन् । रमितका अनुसार यो ट्याटु उनको आगामी चलचित्र ‘बुद्ध बर्न इन नेपाल’मा पनि देखिन्छ । करिब ३ बर्ष अगाडि उनले यो ट्याटु बनाएका थिए । उनले हरेक सोमबार माछा-मासु केही पनि खादैनन् ।

शिवरात्रीमा सधै नै व्रत बस्ने गरेको उनले सुनाए । उनको घरमा पनि सबैजना शिवको भक्त छन् । घर नजिकै शिव मन्दिर भएकाले दैनिक जसो पूजा गरेर टिका लगाउने गरेको रमितले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?