Comments Add Comment

सेकेण्ड हृयाण्ड मोवाइल किन्दै हुनुहुन्छ ? यी कुरा बुझ्नुस्

smartphoneसेकेण्ड हृयाण्ड स्मार्टफोनले अहिले बजारमा तहल्का मच्चाइरहेको छ । जसरी मानिसहरुले महंगा फोन किन्न कम गरे कम्पनीले नै सेकेण्ड हृयाण्ड उत्पादन बजारमा लाने सोच गरिरहेको छ ।

तर, जहिले पनि तपाईं सेकेण्ड हृयाण्ड स्मार्टफोन खरिद गर्ने बिषयमा सोच्नुभएको छ भने निक्कै ध्यान दिनु जरुरी हुनेछ । आउनुहोस्, तपाईंलाई बताइदिउँ कि सेकेण्ड हृयाण्ड मोवाइल किन्दा कुन कुन कुरामा बिचार पुर्‍याउनुपर्छ  ता कि कसैले तपाईंलाई ठग्न नपाओस् ।

थुप्रै वेबसाइटहरुमा आजभोलि सेकेण्ड हृयाण्ड स्मार्टफोन बिक्रीका लागि राखिएको देख्न सकिन्छ । यसले तपाईंलाई खोज्न सजिलै बनाएको छ ।

सबैभन्दा पहिले तपाईंले यो प्रष्ट गर्नुपर्छ कि एन्ड्रोइडको कुन अपरेटिङ सिस्टम तथा स्क्रिन साइजको खोजि गरिरहनु भएको छ । यदि तपाईंले बजेट सुरुमै निर्धारण गर्नुभयो भने स्मार्टफोन चयन गर्न तपाईंलाई केहि सजिलो हुनेछ ।

जव कुनै ब्राण्डको नयाँ मोडल लन्च हुँदैछ भने त्यसको पुरानो मोडल केही कम मूल्यमा उपलब्ध हुन्छ । त्यसैले तपाईंले यस्तै मौकाको प्रतीक्षामा रहनुपर्नेछ ।

smartphone1
यो पत्ता लगाउनुस् कि जुन कुनै वेबसाइटबाट तपाईं सेकेण्ड हृयाण्ड मोवाइल किन्न लाग्नुभएको छ, त्यसको रिटर्न पोलिसी छ कि छैन किनकि १/२ दिन चलाएपछि मन परेन भने फिर्ता गर्न सकियोस् ।

फोन किन्ने बेला आफ्नो सिमकार्ड पनि त्यसमा हालेर चेक गर्नुहोस् । यो नर्मल प्रक्रिया हो तर, सिम राखेर चेक गर्नुभयो भने डिभाइसले काम गरिरहेकोछ या छैन पत्ता लगाउन सकिन्छ । तर, यसबाट यो ग्यारेन्टी त हुँदैन कि त्यो फोन चोरीको हो या होइन । बिक्रेतासँग यो ग्यारेन्टी लिनुहोस् कि फोन चोरीको होइन भनेर ।

जब तपाईँ मोवाइल किन्नका लागि हेर्न जाँदै हुनुहुन्छ भने ल्यापटप, मेमोरी कार्ड र हेडफोन साथैमा लग्नुहोला । फोनको सबै फिचर परिक्षण गर्न काम लाग्नेछ ।

फोन देख्नका लागि मात्र भारी हुनु हुँदैन । यसका सबै फिचरले काम पनि गर्नुपर्छ । सँगै एक कल फोन पनि गर्नुहोस् । फोटो लिनुहोस्, म्यासेज पनि पठाउनुहोस् । यति सबै जाँच गरेपछि तपाईं सन्तुष्ट हुनुभयो भने ढुक्कसँग मोवाइल किन्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment