Comments Add Comment

सोनाक्षी र मलाइकाले काठमाण्डौ तताउने

sonaxi and malaika aroroa
बलिउड नायिका सोनाक्षी सिन्हा र आइटम गर्ल मलाईका अरोरा खानले काठमाडौको टुँडीखेलमा विशेष प्रस्तुति दिने भएका छन् । सैनिक श्रीमति संघको आयोजनामा आउँदो मे १४ मा हुने कार्यक्रम ‘अमरपंक्षी’ मा सोनाक्षी र मलाइकाले प्रस्तुति दिने भएका हुन् ।

उक्त च्यारीटि कार्यक्रममा नेपाली नायिकाहरु रेखा थापा, प्रियंका कार्की, ऋचा शर्मा, केकी अधिकारी, सुष्मा कार्की, निशा अधिकारी, मोडल सहाना बज्राचार्य र गायिका इन्दिरा जोशीको पनि प्रस्तुति रहने छ ।

मलाइका र सोनाक्षीले केही हिन्दी गीतमा नृत्य प्रस्तुत गर्ने भएका छन् भने नेपाली कलाकारले नेपाली गीतमै नृत्य प्रस्तुत गर्ने कार्यक्रम छ । एक महिना अघि मात्रै बलिउडका चर्चित र्‍यापर आदित्य प्रतिक सिंह ‘बादशाह’ले काठमाडौको सानो गौचरनमा कन्सर्ट गरेका थिए । पछिल्लो केही समययता नेपालमा बलिउड कलाकारको आगमन बढेको छ । साहरुख खान, आमिर खान, अनुपम खेर, रबिना टण्डन, सन्नी लियोनी लगायतका कलाकार नेपाल आइसकेका छन् । जसमध्ये केहीले आफ्नो वेजोड प्रस्तुती पनि दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment