
ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा मन्दिर दर्शनका लागि आउँदै गरेको जिप पाँचथरमा दुर्घटना हुँदा सात जना घाईते भएका छन् ।
इलामको कन्यामबाट ताप्लेजुङ आउँदै गरेको ना १ ज ४५०१ नम्बरको जिप मेची राजमार्ग अन्तर्गत पाँचथरको अमरपुर ७ मा अनियन्त्रीत भई दुर्घटना हुँदा सात जना घाईते भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । जिपमा चालक सहित १५ जना सवार रहेका थिए ।
घाइते सातै जनाको जिल्ला अस्पताल पाँचथरमा सामान्य उपचारपछि झापाको वि एण्ड सि अस्पताल पठाइएको प्रहरीले जनाएइको छ ।
चालक इलाम सूर्योदय नगरपालिका ६ बस्ने ३२ बषिर्य भक्त श्रेष्ठ ईलाका प्रहरी कार्यालय अमरपुरको नियन्त्रणमा रहेको पाँचथर प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4