Comments Add Comment

कृषि पेन्सनपछि गुण्डागर्दी अन्त्य हुने गजुरेलको दाबी

haribol gajurel
१४ वैशाख, काठमाडौं । कृषि विकासमन्त्री हरिबोल गजुरेलले कृषकहरुलाई पेन्सन दिने व्यवस्थापछि गाउँमा गुण्डागर्दी र अनुशासनहीनता अन्त्य हुने दाबी गरेका छन् ।

कृषि विकास मन्त्रालय, युएसएआइडीलगायतले कृषिमा यान्त्रिकीकरण सम्बन्धमा मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री गजुरेलले कृषकहरुलाई पेन्सन दिने व्यवस्थापछि गाउँका कुनै पनि युवा खाली नबस्ने दाबी गरे ।

कामको अभावमा अहिले गाउँका कतिपय युवाले क्यारेमबोर्ड खेलेर तथा गुण्डागर्दी गरेर समय बिताउने गरेको भन्दै पेन्सनको व्यवस्थापछि युवाहरु कृषिमा लाग्ने र उत्पादन बढी परनिर्भरता घट्ने उनको विश्वास छ । न्युनतम उपज उत्पादन गर्ने कृषकहरुलाई पेन्सन दिँदा राज्यलाई कुनै व्यभार नपर्ने उनले दाबीसमेत गरे ।

कृषि विकासमन्त्री गजुरेलले जमिन चक्लाबन्दी गरेर सामूहिक खेती गर्ने कृषकहरुलाई सरकारले नै यन्त्र उपलब्ध गराउने तयारी गरिरहेको जानकारी पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment