Comments Add Comment

हिमालयको दोस्रो व्यवसायिक उडान पनि श्रीलंकामा

Himalaya Airlines A320 Final 810
१४ वैशाख, काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित हिमालय एयरलाइन्सले दोस्रो व्यवसायीक उडान पनि श्रीलंकामा गर्ने भएको छ । श्रीलंकामा पहिलो व्यवसायीक उडान उत्साहप्रद भएपछि दोस्रो पटक पनि उडान गर्न लागेको हो ।

हिमालयले वैशाख २१ गते श्रीलंकाको कोलोम्बोमा चार्टर्ड उडान गर्न लागेको जनाएको छ । हिमालयको एयरबस ३२०-२१४ विमान काठमाडौंबाट साढे ८ बजे कोलम्बोतर्फ उड्ने छ । कोलम्बोबाट एयरबस वैशाख २५ गते साँझ ४ बजे काठमाडौंमा अवतरण गर्ने तालिका छ । यसअघि हिमालयले चैत ३० गते श्रीलंकामा चार्टर्ड उडान गरेको थियो ।

कोलम्बोका लागि दुईतर्फी भाडादर बिजनेश क्लासको ५५ हजार रुपैयाँ र इकोनोमी क्लासको ३५ हजार रुपैयाँ तोकिएको छ । यसअघि पनि हिमालयले यही भाडामा यात्रु बोकेको थियो । कम्पनीले प्रमोसनल प्याकेज प्रमोट गर्नका लागि मुख्य आउटबाउन्ड टुर अपरेटरसँग सम्झौता गरेको छ ।

कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले कोलम्बोको पहिलो उडानमा यात्रुबाट राम्रो प्रतिकि्रया पाएको बताए । यही प्रतिकि्रयालाई मध्यनजर गरेर फेरी कोलम्बो उडान सुपथ मुल्यमा गर्न लागेको उनको भनाई छ । उनले सम्पूर्ण ट्राभल एजेन्सीहरुलाई नेपाल र श्रीलंकाजस्तो महत्वपूर्ण बजारमा यो प्याकेज प्रमोट गरेर एअरलाइन्सलाई सहयोग गरिदिनु अनुरोध समेत गरेका छन् ।

हिमालय एयरलाइन्स नेपाल-चीनको संयुक्त लगानीमा सञ्चालित वायुसेवा कम्पनी हो । यसले काठमाडौंलाई आधार बनाएर अन्तर्राष्ट्रिय उडान गर्ने छ । हिमालयले अझै नियमित व्यवसायीक उडान भने सुरु गरेको छैन् ।

नियमित उडान गर्न आवश्यक प्रकृया पुरा गरेपछि कम्पनीले आफ्नो पहिलो गन्तव्य दिल्ली र दोहा बनाउने बताएको छ । त्यसको केही महिनापछि चीनको ल्हासा, चेंग्दू र बेइजिङ उडान भर्ने कम्पनीले तालिका बनाएको छ ।

कम्पनीले आफ्ना विमान चालक, परिचारिका र प्राविधिक कर्मचारीहरुलाई तालीम दिने लगायत सम्पूर्ण तयारी पूरा गरिसकेको छ ।

आगामी पाँच वर्षभित्र पन्ध्रवटा ए३२० सिरिजका जहाज ल्याएर काठमाडौँबाट एसियाका विभिन्न गन्तव्इ तथा अन्य मुलुकका विभिन्न श्ाहरहरुमा उडान भर्ने बताएको छ । साथै, छिट्टै लामो दुरी उडान भर्ने ए३३० सिरिजका जहाज ल्याएर जापान, कोरिया, युरोप, अष्ट्रेलिया र अमेरिकाको लागि उडान भर्ने योजना कम्पनीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment