Comments Add Comment

खोलो थुनिँदा बस्ती जोखिममा

river१५ वैशाख, काठमाडौं । मोरङको टाँडी र इलामको साकफार गाविसको सिमाना भएर बग्ने नुनसरी खोला सुख्खा पहिरोका कारण थुनिएको छ ।

खोला थुनिने गरी पहिरो कहिले गएको भनेर स्पष्ट हनु नसकेपनि पहिरोले मोरङका टाँडी, मधुमल्ला र उर्लाबारी गाविस जोखिममा परेका आजको अन्नपूर्णमा समाचार छ ।

प्रहरीका अनुसार उर्लाबारी र टाँडीका केही वडा जोखिममा रहे पनि मधुमल्लाको २ नम्बर वडाबाहेक सबै वडाका दर्जनौ बस्ती जोखिममा छन् ।

करिब पाँच हजारभन्दा बढी जनसंख्या बाढीको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार तत्काल यसलाई हटाउन नसके ठूलो धनजनको क्षति पुर्‍याउने खतरा बढेर गएको छ ।

स्थानीय बासिन्दालाई उद्धत गर्दै प्रहरीले दिएको जानकारी अनुसार १५ दिनदेखि खोलो थुनिएको हुन सक्छ । यस विषयमा मंगलबार मात्र प्रहरी र स्थानीय प्रशासन निकायलाई जानकारी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment