Comments Add Comment

प्राइमरीमा जितका बावजुद डोनाल्ड ट्रम्प किन डराइरहेका छन् ?

donald trump_hilari clinton१५ वैशाख, काठमाडों । अमेरिकी राष्ट्रपति पदको उम्मेदवारीको दौडमा हिलरी क्लिन्टन र डोनाल्ड ट्रम्प दुबैले मंगलबार राति भएको प्राइमर चुनाव जितेका छन् र आफ्नो दोबदारी बलियो बनाएका छन् ।

ट्रम्पले पाँच वटै राज्यमा जितेका छन् । हिलरी पाँच मध्ये चार राज्यमा विजयी भएकी छन् । हिलरीविरुद्ध उम्मेदवारीको दौडमा रहेका बर्नी सान्डर्सले एक स्थानमा जित हात पारेका छन् ।

डेमोक्रेटिक पार्टीको उम्मेदवार बन्नका लागि २३८३ डेलिगेट्स अर्थात पार्टीका प्रतिनिधि आवश्यक पर्छ । हिलरी यो गणितमा सान्डर्सभन्दा निकै अगाडि छन् ।

हरेक राज्यमा त्यहाँको जनसंख्याका आधारमा डेलिगेट्स दिइएको हुन्छ र जुन उम्मेदवारले जति भोट पाउँछन्, त्यही अनुपातमा उसले डेलिगेट्स पाउनेछ ।

मंगलबारको परिणामपछि सान्डर्सका लागि हेलरीलाई डेलिगेट्सको दौडमा जित्न असम्भव मानिएको छ । र, उनलाई उम्मेदवारी फिर्ता लिन दबाव बढेको छ ।

bernie_sandersतर, सान्डर्स भने आफू उम्मेदवारी हासिल गर्नका लागि मात्र दौडमा नरहेको बताउँछन् । उनका अनुसार अमेरिकामा एक आन्दोलन सुरु गर्न लागेका छन्, जसले असमानता हटाउन सकोस्, सबैलाई स्वास्थ्य सुविधा मिलोस् र उच्च शिक्षा निःशुल्क होस् ।  उनको टिमले सान्डर्स अन्तिमसम्म राष्ट्रपतिको उम्मेदवारको दौडमा रहने बताएका छन् ।

रिपब्लिकन पार्टीको उम्मेदवारको दौड पनि कम पेचिलो छैन । डोनाल्ड ट्रम्पले पाँच वटै राज्यमा चुनाव जिते ।

तर, उनका लागि पार्टीमा समर्थन जुटाउन ठूलो चुनौती बनेको छ । रिपब्लिकन पार्टीको उम्मेदवार बन्न १२३७ डेलिगेट्स आवश्यक पर्छ । तर, यदि कसैले पनि यो संख्या पुर्‍याउन सकेनन् भने पार्टीका प्रतिनिधिहरुले फेरि मतदान गर्नेछन् ।

यसरी दोस्रो पटक मतदान हुँदा उनीहरुलाई जसलाई मत लाग्यो, उसैलाई भोट हाल्न पाउँछन् । अर्थात प्राइमरी चुनावमा जनताले कसलाई भोट दिए भन्ने कुराले अर्थ राख्दैन ।

ट्रम्पको टिमलाई सबैभन्दा डर यहि छ कि यदि उनी १२३७ म्याजिक नम्बरभन्दा केही पछि रहे भने पार्टी प्रतिनिधिहरुले अन्य उम्मेदवारलाई नै भोट हाल्न सक्छन् ।  उनीहरुको प्रयास सिधै यो अंक पुर्‍याउने हुनेछ । र, अहिलेको गणितका आधारमा सम्भव पनि छ ।

ted_cruz_john_kasich

ट्रम्पका दुई प्रतिद्वन्द्वी टेड क्रूज र जन क्रेसिक यो गणितबाट बाहिर भइसकेका छन् किनकी उनीहरुले अब १२३७ कुनै हालतमा पुर्‍याउन सक्ने अवस्था छैन । तर, अब उनीहरुको प्रयास कसरी ट्रम्पलाई पनि यो म्याजिक नम्बर पुर्‍याउन नदिने भन्ने सुरु भएको छ ।

अर्को साता इण्डियाना राज्यमा हुने प्राइमरी चुनावमा दुबैले सहकार्य गर्ने भएका द्धन् । त्यहाँ साझा उम्मेदवारका रुपमा टेड क्रूजले ट्रम्पसँग प्रतिस्पर्धा गर्ने समझदारी भएको छ ।

यसले रिपब्लिकनको राष्ट्रपति उम्मेदवार दौड केही लामो चल्ने र त्यो निकै रोमान्चक हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment