+
+
Shares

बेगनास किनारमा वैशाख १७ देखि ‘फिस फेष्टिबल’

सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
२०७३ वैशाख १५ गते ११:०३

begnas-lake-resort-pokhara
१५ वैशाख, पोखरा । सात तालको शहर लेखनाथमा वैशाखको तेश्रो साताबाट फिस फेष्टिबल हुने भएको छ । होटल तथा रेष्टुरेण्ट एशोसिएसन लेखनाथको आयोजनामा लेखनाथको बेगनास ताल किनारमा यहि वैशाख १७ गतेदेखी १९ गतेसम्म फिस फेष्टिवल हुन लागेको हो ।

आयोजक होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथले बेगनासमा पत्रकार सम्मेलन गरी फेष्टिवलको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

“बेगनास जाऔं, माछाका परिकारमा रमाऔं” भन्ने मुल नाराका साथ आयोजना हुने फेष्टीवलमा वेगनास ताल, रुपाताल र दिपाङ तालसहित स्थानिय पोखरीहरुमा उत्पादन भएका माछाहरु विक्री तथा वितरणमा राखिने फेष्टीवल संयोजक दामोदरभक्त थापाले जानकारी दिए ।

फेष्टिवलमा २३ प्रकारका माछाहरु विक्रीका लागि राखिनेछन् भने माछाको झोल, माछा फ्राइ, माछा सुकुटी, माछा पोलेको लगायतका परिकारहरुको स्वाद लिन पाइने उनले बताए । त्यस्तै, माछाको बारेमा जानकारी लिन चाहानेहरुको लागि मत्स्य अनुसन्धान केन्द्रबाट परामर्श दिने व्यबस्था समेत मिलाईने संयोजक थापाले बताए ।

बेगनाससहित सात ताल नजिकका क्षेत्रको पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्नु, आन्तरिक तथा बाहृय पर्यटनको प्रवर्द्धन, त्यहाँ उत्पादित माछा, मह, कफि, जडीवुटीहरुको प्रचार प्रसार, स्थानीय माछाको संरक्षणसहित तालहरुको संरक्षण गर्ने उद्धेश्यले फेष्टिवल आयोजना गरिएको एशोसिएसन लेखनाथका अध्यक्ष दुर्गाप्रसाद अधिकारीले बताए ।

उनले सात ताल, जैविक विविधता, मनोरम हिमश्रृंखला, विभिन्न जातका चराचुरुङगी, जंगली जिवजन्तु लगायतको संरक्षण गर्न पनि महोत्सवले सहयोग पुग्ने उनले बताए ।

फेष्टिवलको अवसरमा बेगनास तालमा महिला तथा पुरुष खुल्ला डुङ्गा दौड प्रतियोगिता, खुल्ला पौडी प्रतियोगिता, माछा मार्ने प्रतियोगिता, माछा र खानाका परिकारहरु, माछाको परिकार बनाउने निशुल्कः तालिम, कफी प्रर्दशनी, जडीवुटी प्रर्दशनी, पप कन्सर्ट, लोकदोहोरी, वाल उद्यान लगायतका कार्यक्रम मुख्य आकर्षणको रुपमा रहने आयोजकले जनाएको छ ।

फेष्टिबलको ७० हजार दर्शकले अवलोकन र करीब ५० लाखको कारोवार हुने अपेक्षा गरीएको अध्यक्ष अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?