Comments Add Comment

सभामुख घर्तीलाई रसिया भ्रमणको निम्तो

Onsari-Gharti

१५ वैशाख, काठमाडौं । सभामुख ओनसरी घर्ती र नेपालका लागि रसियन राजदूत आन्द्रेइ सेर्गीविच बडनेकबीच भेटवार्ता भएको छ ।

भेटघाटका क्रममा राजदूतले नेपालको संविधानको स्वागत गर्दै संविधान मार्फत स्थायीत्व हासिल गर्दै विकास निर्माणमा जुट्न आग्रह गरेका छन् । उनले नेपाल र रसिया विचको कुटनीतिक सम्वन्धको ६० वर्ष पुगेको अवसरमा सभामुखको नेतृत्वमा भ्रमणको लागि रसियाको अप्पर हाउसको अध्यक्षले पठाएको निम्तो दिएका छन् ।

जवाफमा सभामुख घर्तीले रसियाले नेपाललाई प्राविधिक, आर्थिक, कृषि, पूर्वाधार लगायतका क्षेत्रमा सहयोग प्रदान गरिरहेकोमा धन्यवाद दिँदै सहयोगले निरन्तरता पाउने आशा व्यक्त गरिन् ।

साथै व्यापार, पर्यटन, उद्योग लगायतका क्षेत्रमा नेपालमा लगानी गर्न आग्रह गरेको सभामुखको निजी सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment