मुम्बई । रुमानियाली मोडल लुलिया वन्तुरसंग नाम जाडिएपछि सलमान र लुलियाको विवाह हुने हल्ला चल्यो र त्यत्तिकै सेलायो । अहिले बलिउडमा फेरि लुलिया-सलमानको ‘विवाह हुने’ विषयमा बहस सुरु भएको छ ।
केही भारतीय मिडियाले उल्लेख गरे अनुसार अहिले सलमान ‘सुलतान’ को सुटिङमा ब्यस्त छन् । जहाँ लुलिया पनि संगै हुन्छिन् । सलमानकी साथी बीना काकले सलमान लुलिया संगै बसेको तस्बिर सार्वजनिक गरिदिएपछि उनीहरुको विवाहको विषयमा अड्कल काट्नेहरुलाई सजिलो भएको थियो ।
विवाहकै प्रसंग जोडेर सलमानलाई लुलियाले औंठी लगाईदिएको पनि कुरा सुनिन्छ । सलमानको औंलामा टल्किएको हिरा लुलियाले किनिदिएको भन्ने मात्रै हैन । सपिङमा संगै गएको देख्नेहरु पनि छन् ।
त्यसो त केही महिना अघि मात्रै सलमान र लुलिया छुट्टी मनाउन दुबई पुगेका थिए । सलमानकी आमाले समेत लुलियालाई बुहारी बनाउने इच्छा ब्यक्त गरेको केही भारतीय मिडियाले उल्लेख गरेको छ ।
प्रतिक्रिया 4