१६ वैशाख, काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई प्रहरीले झण्डै तीन वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको दाङसिंङ गाविस ७ घर भएका २३ वर्षीय रमेश गधौली छन् ।
हाल टोखामा बस्दै आएका गधौलीलाई महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार गोंगबुको गणेशथानबाट पक्राउ गरेको हो ।
उनले धादिङको तिप्लिङ गाविस ५ घर भइ काठमाडौंको गोंगबु- ३ बस्ने १८ वर्षीय युयन तामाङलाई गत ०७० साल कात्तिक १९ गते बानियाँटारमा ईंटा र ढुंगा प्रहार गरी हत्या गरेका थिए ।
हत्यापछि उनी फरार थिए । पक्राउ परेका गधौलीलाई महानगरीय प्रहरी परिसर पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4