+
+
Shares

एकीकरणमा प्रचण्ड उत्साही, वैद्य हैरान

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १७ गते ६:४४

Prachanda and Baidhya१७ वैशाख, काठमाडौं । सत्तारुढ एकीकृत नेकपा माओवादीले मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीसँग एकीकरण गर्ने उदेश्यसहित छलफल सुरु गरेको छ ।

जारी स्थायी समिति बैठकले वैद्य नेतृत्वको केन्द्रीय समितका बहुमत सदस्य आफ्नो पार्टीसँग एकता गर्न उत्साही भएको संकेत पाएलगत्तै एमाओवादीले एकता प्रक्रियाबारे बुधबारबाट औपचारिक रुपमै छलफल थालेको आजको नागरिक दैनिकमा समाचार छ ।

पार्टी विभाजनभएपति अन्य पार्टीसँग एकता उदेश्यसहित एमाओवादीले गम्भीरताकासाथ बहस चलाएको यो पहिलो पटक हो ।
अन्य माओवादी दलसँग कसरी एकता गर्ने भन्नेबारे छलफल सुरु गरिएको स्थायी समित सदस्य जनार्दन शर्माले बताए ।

एकता प्रक्रियामा आउने माओवादी शक्तिलाई कसरी समायोजन र सम्मानजनक स्थान दिनेलगायतका विषयमा सैद्धान्तिक छलफल सुर गरिएको उनको भनाइ छ ।

समाजवादी क्रान्तिको तयारीमा जानुपर्ने दाहाल नेतृत्वको एमाओवादीको कार्यदिशा र जनवादी क्रान्ति गर्नुपर्ने जोड गर्ने अध्यक्ष वैद्यबीच अझै पनि सैद्धान्तिक सहमति जुट्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?