Comments Add Comment

इनरुवामा बसको ठक्करबाट बालिकाको मृत्यु

१७ वैशाख, इनरुवा । पूर्व–पश्चिम लोकमार्गन्तर्गत सुनसरीको हरिपुर गाविस–१ स्थित चोकमा आज दिउँसो बसले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ ।

विराटनगरबाट धनगढीतर्फ जाँदै गरेको ना५ख ४०६४ नम्बरको बसले ठक्कर दिँदा श्रीपुर–२ का मिथु खेरवारको १० वर्षीया छोरी पुष्पाको ज्यान गएको हो । सडकको छेउमा बाटो काट्ने क्रममा बसले ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको पप्पु यादवले जानकारी दिए ।

बस प्रहरीको नियन्त्रणमा छ भने शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा ल्याइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment