Comments Add Comment

लालीगुराँस गोल्ड कपको उपाधि दोर्जे गियरलाई

Laligutans-Goldcup

१७ वैशाख, तेह्रथुम । दोश्रो लालीगुराँस गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको उपाधि काठमाडौंको दोर्जे गियर प्रालीले जितेको छ ।

शुक्रबार भएको फाइनल भिडन्तमा विराटनगरको यातायात मजदुर युवा क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै दोर्जेले उपाधि जितेको हो । उसले उपाधिसँगै १ लाख ११ हजार १ सय ११ रुपैयाँ हात पारेको छ । उपविजेता यातायात मजदुर युवा क्लबले ५५ हजार ५ सय ५५ रुपैयाँमा चिक्त बुझाएएको छ ।

बसन्तपुरमा भएको खेलको ६० औं मिनेटमा दोर्जेका गणेश खड्का र मजदुर क्लबका सन्जय राईले एकसाथ रातो कार्ड पाएका थिए । तर, त्यसको ३ मिनेछपछि नै दोर्जेका लागि खेलको ६३ औँ मिनेटमा राजु पौडेलले गरेको गोल नै निर्णायक बन्यो ।

प्रतियोगितामा दोर्जे गियर प्रालि काठमाडौंका मुस्सा प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । दोर्जेकै राज नगरकोटीले बेस्ट किपर र मार्टिन बेस्ट मिडफिल्डर बने ।

प्रतियोगिता अवधिभरमा सर्वाधिक गोलकर्ताको रुपमा सिंहदेवी युवा क्लब धनकुटाका कर्ण लिम्बु र बेस्ट डिफेन्डरको रुपमा दोर्जे गियर प्रालिका सुसन लामा पुरस्कृत भए । प्रतियोगितामा इमान्दार खेलाडीको रुपमा यातायात मजदुर युवा क्लब विराटनगरका राजन लिम्बु पुरस्कृत भएका छन् ।

गुराँस पर्यटनको प्रवर्धनका लागि ०५६ सालबाट राष्ट्रिय लालीगुराँस संरक्षण व्यवस्थापन समितिको संयोजनमा सुरु भएको प्रतियोगितालाई स्थानीय पाथीभरा युवा सामुदायिक क्लबले यो वर्षबाट निरन्तरता दिएको हो । प्रतियोगितामा काठमाडौंसहित आठ टिम सहभागी थिए ।

विजयी टिम तथा खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले पुरस्कार विरतण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment