Comments Add Comment

नेपालको पर्यटन प्रवर्दनका लागि युएईमा फोटो प्रदर्शनी

UAE-Photo-exivation

युएई । नेपालको पर्यटन प्रवर्दन गर्ने उद्देश्यले अरेवियन ट्राभल मार्केट (एटिएम) र नेपाल पर्यटन बोर्डको आयोजनामा दुवई ओर्ल्ड ट्रेड सेन्टरमा फोटो प्रदर्शनीको आयोजना गरिएको छ ।

एटीएमले अपि्रल २५ गते देखी २८ सम्म अधिवेशन तथा फोटो प्रदर्शनी गरेको थियो । प्रदर्शनीमा नेपाल सहित अमेरीका, युरोप, अफ्रिका, एशिया लगायतका ८६ वटा मुलुकको सहभागिता थियो ।

पर्यटन मन्त्रालयले भूकम्पपछि नेपाली पर्यटन क्षेत्र सुरक्षित भइसकेको सन्देश दिन बुद्ध जयन्तीमा लुम्बिनी र काठमाडौंका बिशेष कार्यक्रम आयोजना हुने पर्यटन मन्त्रालयका सह-सचिव आलोकचन्द्र श्रेष्ठले जानकारी दिए ।

बिशेष कार्यक्रममा सहभागिताका लागि संयुक्त राष्ट्रसंघका महासचिव वान की मुन र भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीलाई आमन्त्रण गरिएको सहसचिव श्रेष्ठले जानकारी दिए । उनले अन्य देशको तुलनामा नेपालको प्रदर्शनहल व्यवस्थित हुन नसकेको भन्दै सरकार समक्ष प्रस्ताव राख्ने बताए ।

हरेक बर्ष युएईमा हुने अधिवेशन तथा प्रदर्शनी केन्द्रमा नेपाल पर्यटन बोर्डले नेपाल टेलिकमको स्थापनाकाल देखि नै सहभागिता जलाउदै आएको नेपाल पर्यटन बोर्डका अधिकृत जानकी प्रसाद उपाध्यायले बताए । गत बर्ष  नेपालमा गएको भुकम्पले गर्दा अघिल्ला बर्षहरुको तुलनामा यो बर्ष पर्यटकको संख्या घटेको उपाध्यको भनाइ छ ।

प्रदर्शनीमा सगरमाथा, पाटन दरबार स्क्वायर, प्याराडाईज पोखरा, अल्ट्रा लाईट, नगरकोट, बुद्ध स्तुपा, बञ्जी जम्पिङ, पोनि ट्रेक धम्पुस, गाई जात्रा भक्तपुर, र कोनईराईड चितवनका फोटोहरु राखिएको थियो ।

दुबईमा बस्ने नेपालीहरुका लागि लक्षित गरि नेपालबाट युएईका लागि दशै अघि नै नेपाल एयरलाईन्सले उडान सुरु गर्न लागेको नेपाल बायु सेवा निगमका अधिकृत होम प्रसाद पराजुलीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment