Comments Add Comment

एनआरएन युरोपियन बैठकको तयारी तिब्र, जिम्मेबारी बाँडफाँड

बसन्त रानाभाट

बार्सिलोना । गैर आवासीय नेपाली संघको नवौ युरोपियन क्षेत्रीय बैठक तथा सातौ महिला सम्मलेनका लागि तयारी तिब्र गतिमा चलिरहेको छ। युरोप संयोजक कुल आचार्यको संयोजकत्वमा मूल आयोजक समिति गठन गर्दै तयारीलाई झनै तिब्रता दिईएको हो।

nrna_logo_latest-6 (1)मूल आयोजक समितिको सह-संयोजकमा भने पाँच जनालाई जिम्मेबारी तोकिएको छ। युरोप उपसंयोजकहरु प्रेम गुरुङ र दाबा शेर्पा, अन्तराष्ट्रिय समन्वय परिषद महिला संयोजक सपिला राजभण्डारी,उपसंयोजक रजनी प्रधान र युबा उपसंयोजक लोकराज शर्मालाई संहसंयोजकको जिम्मेबारी तोकिएको हो ।

मूल आयोजक समितिमा युरोप क्षेत्रका आईसीसी सदस्यहरु राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरु,तथा आयोजक राष्ट्र डेनमार्कका स्थानीय प्रतिनिधिहरुलाई पनि सदस्यको रुपमा राखिएको छ।

आइतबार बसेको तयारी बैठकमा, युरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरु,आईसीसी सदस्यहरु, संरक्षक तथा सल्लाहकारहरुले सल्लाह तथा सुझाव पेश गरेका थिए। साथै सोहि बैठकबाट बिभिन्न उपसमितिहरु समेत गठन गरिएको मूलआयोजक समितिका संयोजक कुल आचार्यले जानकारी दिए।

आचार्यका अनुसार गत सोमबार बसेको सचिबालय बैठकले बृहत छलफल गर्दै तयार गरेको खाकालाई तयारी समितिको बैठकबाट अनुमोदन गरिएको हो।

प्राय: बैठकहरुमा बिबादित बिषय बन्ने गरेको अतिथि निमन्त्रणाका लागि भने, युरोप संयोजक आचार्यले नै जिम्मेबारी लिएका छन्। उनका अनुसार, युरोपियन बैठकका लागि नेपालबाट पाहुना बोलाउँदा, नेपाल पत्रकार महासंघ, नेपाल आर्थिक पत्रकार संघ (सेजन), परराष्ट्र मन्त्रालय,नेपाल उद्योग बाणिज्य महासंघ र गैर आबासीय नेपाली संघको सचिबालयलाई निमन्त्रणा पठाईने भएको छ।

अतिथि निमन्त्रणा तथा व्यवस्थापन उप-समितिमा एनआरएनए डेनमार्क अध्यक्ष दिपेन्द्र चुँडाल र महासचिव गोबिन्द पौडेल पनि सदस्यमा रहेका छन्।

दुई युरोप उपसंयोजकलाई छुट्टा छुट्टै जिम्मेबारी

गत अक्टोबरको ग्लोबल सम्मेलनबाट दुई उप-संयोजक पाएको युरोप क्षेत्रले आफ्नो बैठकलाई सफल पार्नका जिम्मेबारी बाँडफाँड गरेको छ। युरोप उप-संयोजक प्रेम गुरुङलाई आर्थिक उपसमितिको जिम्मेबारी दिएको छ। गुरुङले युरोप क्षेत्रका आईसीसी सदस्यहरु तथा राष्ट्रिय समन्वय परिषदका कोषाध्यक्षहरुलाई समितिमा राखी आर्थिक पाटोलाई सबल बनाउँने जिम्मेबारी पाएका छन्।

यस्तै अर्का युरोप उप-संयोजक दावा जी. शेर्पाले भने सामाजिक प्रतिबेदन उपसमितिको जिम्मेबारी सम्हालेका छन् । शेर्पाले युरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरु तथा महासचिवलाई समितिमा राखेर,बैठकलाई प्रभावकारी बनाउँन प्रतिबेदन तयार गर्ने बताइएको छ।

अध्यक्ष घले लगायत सल्लाहकार समितिमा

एनआरएनको अभियानमा निकै प्रभाबशिल क्षेत्र मानिने युरोपको बैठकका लागि केन्द्रीय अध्यक्ष शेष घले सहित केन्द्रीय पदाधिकारीहरुलाई सल्लाहकार समितिमा राखिएको छ।

बैठकलाई प्रभावकारी बनाउँन सल्लाह तथा सुझावको खाँचो हुने हुँदा समितिको निर्माण गरिएको संयोजक आचार्यले बताए। यसै समितिमा युरोप क्षेत्रबाट प्रतिनिधित्व गर्ने केन्द्रीय समितिका संरक्षक, सल्लाहकारहरु पनि रहेका छन्।

१३ सदस्यीय सचिवालय, सदस्य सचिवमा सापकोटा

आगामी जुलाई ३० र ३१ तारिख डेनमार्कको कोपेनहेगनमा हुने बैठक सम्पन्न गर्नका लागि युरोप संयोजक कुल आचार्य कै संयोजकत्वमा १३ सदस्यीय सचिवालय समिति रहेको  छ। समितिको सदस्य सचिवमा निवर्तमान युरोप उप-संयोजक तथा आईसीसी सदस्य सोमनाथ सापकोटा चयन भएका छन्।

यस्तै सदस्यहरुमा प्रेम गुरुङ, दाबा जी शेर्पा, सपिला राज भण्डारी, रजनी प्रधान, लोकराज शर्मा, प्रबिण प्रजापती, दिपेन्द्र चुडाल, गोबिन्द पौडल, रमेश कापले, प्रशान्त राज बानियाँ र जमुना देबी कडेल रहेका छन्। क्षेत्रीय समितिका लागि तयारी तथा महत्वपूर्ण निर्णयहरु भने सचिवालय समितिले गर्ने छ।

कस्तो बनाउने बैठक ?

सधै राष्ट्रिय एजेन्डा बोकेर भन्दा पनि युरोप क्षेत्रमा रहेका ईसुहरुलाई समेटेर बैठक गर्न धेरैको सुझाब आएको संयोजक आचार्य बताउँछन्। उनले भने, “बैठकमा कुन बिषयमा छलफल गर्ने बारे कुराकानी भईरहेको र अब छिट्टै टुंगो लाग्नेछ।”  बैठकमा यसपटक गैर आवासीयहरुको उत्साहजनक सहभागिता हुनेमा आचार्य आशावादी देखिएका छन्।

एनआरएनए आइसीसी सदस्य तथा एनआरएनए मिडिया टास्कफोर्सका उपसंयोजक संगीता मरहट्टाले विगतका अनुभवहरुबाट सिक्दै युरोपेली भेलालाई छोटो, व्यवस्थित र धेरै बिषयहरुमा कार्यपत्र र हतार हतार छलफल गर्नुको साटो थोरै बिषयहरुमा निचोड निकाल्ने गरी प्रस्तुत गर्नुपर्ने बताइन् ।

विगतका युरोपेली बैठकहरु सन्चालन गरेको अनुभवका आधारमा कार्यक्रमहरुमा समयको अभाव र अव्यवस्था प्रमुख चुनौंतीका रुपमा रहेको उनको भनाइ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment