+
+
Shares

विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि मनाइँदै

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २१ गते ९:४९

२१ वैशाख, काठमाडौं । आज विश्व प्रेस स्वतन्त्रता दिवस ‘सूचनामा नागरिको पहुँच मौलिक हकको प्रत्याभूति’ नाराकासाथ नेपालमा पनि मनाइँदै छ । दिवसको अवसरमा नेपालमा पनि बिभिन्न कार्यक्रम आयोजना गरिएका छन् ।

FNJ-Kathmandu
फाइल तस्वीर

दिवसकै अवसर पारेर नेपालका श्रमजिवी पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको साधारण सभा आयोजना गरिएको छ । चितवनको रत्ननगरस्थित स्टार ब्याङ्क्वेटमा आयोजित साधारणसभामा देशभरका पत्रकारहरु भेला भएका छन् ।

साधारण सभाको राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने कार्यक्रम छ ।

नेपालमा २०४६ सालपछि प्रेस स्वतन्त्रतालाई संवैधानिक रुपमा ग्यारेन्टी गरिएको छ । तर यसको पूर्ण रुपमा अनुभूति गर्न नसकेको पत्रकारहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?