२२ वैशाख, काठमाडौं । लागुऔषध नियन्त्रण व्युरोले गर्ने पत्रकार सम्मेलनमा प्रायः टेबुलमा लागुऔषध फिँजाइएको हुन्थ्यो ।
तर, मंगलबार भने त्यो टेबुलमा लागुऔषध नभई पैसाको बिटो फिँजाइएको थियो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
हजार दरका ४९ वटा विटो अर्थात ४९ लाख रुपैयाँ प्रहरीको टेवुलमा थियो । ‘यो प्रहरीलाई घुसका रुपमा दिन लागिएको पैसा हो,’ व्युरोका प्रमुख रहेका डिआइजी जयबहादुर चन्द भन्दै थिए, ‘एम्फेटाइमान लागुऔषध कारोबार गर्न पूर्णबहादुर पाखि्रनले मुद्दा मिलाउन भनेर एक व्यक्तिमार्फत हामीलाई दिन लागिएको रकम हो ।’
पूर्णबहादुन तिनै व्यक्ति हुन् जो नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा थिए । बर्मामा आइस ड्रग लाई पूर्वी एसिय तथा अस्ट्रेलियालगायतका देशमा तस्करी गर्ने समूहका उनी नाइने हुन् ।
थाइल्यान्डमा बस्ने दाइ धर्म पाखि्रनसँग मिलेर यस्तो धन्दा गरी उनले करोडौं रकम कमाइसकेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4