Comments Add Comment

वैदेशिक रोजगारीमा जानेको संख्या घट्यो

TIA-3२२ वैशाख, काठमाडौं । काम गर्न विदेशिने युवाको संख्या अनपेक्षितरुपमा घटन थालेको छ ।

चैत महिनामा मात्रै काम खोज्न विदेश जानेको २० हजार ५ सय ९५ जनाले कमी आएको आजको अन्नपूर्ण पोस्टले जनाएको छ ।  एकै महिनामा २० हजार भन्दा बढीले गिरावट आउनुले रोजगार बजारमा केही समयभित्रै संकट पैदा पर्ने देखिएको छ ।

प्रतिशतमा हिसाव गर्दा विदेसिनकोे गिरावट ३९ दशमलव २० प्रतिशत हुन आउँछ । यो गिरावट निकै ठूलो हो ।

प्रत्येक महिना ठूलो संख्यामा विदेशको रोजगारी अवसर गुम्दा केही समयभित्रै आन्तरिक बजारमा चर्को समस्या उत्पन्न हुने संकेत देखिन गालेको छ ।

खाडी मुलुक र मलेसियामा लागू गरिएको निः शुल्क टिकट र भिसाले सर्वसाधारणमा भ्रम पैदा हुनु तथा सवैभन्दा धेरै नेपाली कामदार जाने मलेसियाले विदेशी कामदार लिन रोक्दा त्यसको प्रतयक्ष असर वैदेशिक रोजगारीमा परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment