+
+
Shares

शैक्षिक शत्र सुरू भएको अठार दिनपछि मात्र खुले ताप्लेजुङका विद्यालय

रविन भट्टराई रविन भट्टराई
२०७३ वैशाख २३ गते ८:१५
santa manabi
किताब दिवसमा पुस्तक वितरण गर्दै मन्त्री शान्ता मानवी

२३ वैशाख, काठमाडों । सरकारी निर्णय अनुसार देशभरका सामुदायिक विद्यालय वैशाख २ गते देखिनै लगाउनु पर्ने हो । तर ताप्लेजुङका अधिकांश विद्यालय भने तोकेको समय भन्दा अठार दिन पछि अर्थात २० गतेबाट मात्र खुलेका छन् ।

२ देखि १५ गते सम्म स्कुल आउने वालवालिकालाई फुलमालाले स्वागत गर्नु, ५ गते देखि किताब दिवस मनाउँदै बिद्यार्थीका हातमा नयाँ पुस्तक थमाउनु पर्ने सरकारको निर्णय भन्दै जिल्ला शिक्षा कार्यालयले त्यसको सूचना स्थानिय सञ्चार माध्यमवाट प्रकाशन तथा प्रशारण गरेको थियो ।  तर ताप्लेजुङमा यी सबै नियर्ण सुचना र औपचारीकतामा मात्र सिमित रहेको पाईएको छ ।

किताव दिवस मनाउन मन्त्रीहरु जिल्ला जिल्ला पुगे । ताप्लेजुङमा पशु विकास मन्त्री शान्ता मानवीले भानुजन उच्च माविमा गएर किताव वितरण गरिन् । तर जिल्लाका सिमित मात्र बिद्यालय त्यही नियमानुसार चलेपनि अधिकांश विद्यालय भने १८ दिन पछि खुल्न थालेका छन् । ती विद्यालयले ५ देखि १५ गते सम्म नत पुस्तक दिवस मनाए नत भर्ना अभियाननै चलाए । बिद्यालयमा ताला लगाएर शिक्षकहरु घरमानै बसे ।

सोमवार देखि मात्रै स्कुल लागेको सादेवा माविका बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष मानवहादुर राई गत बर्ष किताव ढिला पाएकाले यो वर्ष पनि तेस्तै होला भनेर बैशाख २० गतेदेखि मात्रै लगाएको बताउछन् । ‘अव लाग्न थालेको छ । यो महिनाभरी सरहरुले किताव बाँड्ने काम गर्नुहुन्छ ।

जेठ देखि राम्रोसँग पढाइ हुन्छ,’ राईले थपे, बर्खे बिदावाट कटाउने गरी अहिले ढिलो सम्म बिदागर्ने निर्णय गरेका हौं ।’  बिद्यालयका शिक्षक कृष्ण माङमुले प्रधानाध्यपक  लगायत धेरै शिक्षकहरु टाढाका भएकाले लामो समय विदा भएको बताए । ‘वाहिरको सरहरु हुँदा बस्ता ढुक्कै लगाउने बिदा गर्दा अलि लामो समय भएको हो’ उनले भने । १५ गते सम्मको अभियानलाइ अटेर गर्नेमा खेवाङ, याम्फुदिन, सुरुमखिम गाविसका बिद्यालयपनि हुन् । उनिहरुले सादेवा भन्दा चार दिन अघि १६ गतेदेखि मात्रै स्कुल खुलाएका छन् ।

यसरी कसैले छिटो र कसैले ढिलो विद्यालय सञ्चालन गर्दा चाँढो विद्यालय सञ्चालन गर्नेहरु निरुत्साहित हुने भएकाले यसमा एकरुपता ल्याउन आफूहरुले छलफल चलाउने शिक्षक युनियन अध्यक्ष छत्रपति प्याकुरेल वताउछन् । शिक्षकहरुको बचाउन गर्दै उनले भने, किताव दिवस यो बर्ष पहिलो पटक मनाइएको हो । धेरै सरहरुले स्कुल बिदा गरेर मात्रै चाल पाउनु भयो । त्यसले गर्दा सबैतिर एकरुपता हुन सकेन ।’

जिल्ला शिक्षा अधिकारी चैतन्य प्रसाद निरौला श्रोत ब्यक्ति मार्फत विद्यालय तोकिएको समयमा नखुलनाको कारण बुझेर कारवाही गर्ने बताउछन् । उनले भने, ‘तपाईले सूचना दिनुभयो धन्यबाद, म तुरुन्तै यसको कारण खोजेर आवष्यक प्रकृया अघि बढाउछु ।’ उनले ६ र ७ को बाहेक अरु कक्षाको किताव चैत देखिनै रहेको बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?