२ मिनेट भन्दा लामो टिजरमा नायिका तथा पूर्व मिस नेपाल मलिना जोशी देखिएकी छैनन् । भदौ ९ गतेलाई प्रदर्शन मिति तय गर्दै अपिल बिष्ट निर्देशित चलचित्र ‘झुम्की’को टिजर रिलिज गरिएको हो । यो, चलचित्र शुक्रबारको सट्टा बिहिबारबाट रिलिज हुनेछ । यसअगाडि बिहिबारबाट नै रिलिज हुनेगरि चलचित्र ‘चपली हाइट २’को प्रदर्शन मिति तय गरिएको थियो ।
‘झुम्की’ शिर्ष पात्रमा रीश्मा गुरुङ देखिएकी छिन् । नायिका मलिना जोशी पनि चलचित्रमा भएपनि उनलाई टिजरमा राख्न आवश्यक निर्देशकले ठानेका छैनन् । दयाहाङ राई, मनोज आरसी र रीश्माको वरिपरी चलचित्र घुमेको छ ।
रामबाबु गुरुङले लेखेको यो चलचित्रको टिजरमा कुनै पनि संवाद छैन । मात्र पृष्ठभूमीमा म्यूजिक राखिएको छ र क्यारेक्टरको शैली चलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4