Comments Add Comment

हिट्लर, मुसोलिनी र मोदी एउटैः अध्यक्ष बिजुक्छे

२३ वैशाख, जुम्ला। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले हिट्लर, मुसोलिनी र मोदी एउटै भएको टिप्पणी गरेका छन् ।

narayanmanनेमकिपा कालीकोटको जिल्ला अधिवेशन उद्घाटनका लागि जुम्ला आइपुग्नुभएका अध्यक्ष बिजुक्छेले पत्रकार भेटघाटमा यस्तो बताएका हुन् ।

उनले भने , “भारतीय नाकाबन्दीका कारण देशले रु २७ खर्ब क्षति व्यहोर्नु पर्यो, भारत सरकार, भारतीय एकाधिकार पुँजीले नेपाललाई असर पार्दैछ र भारतको इसारामा नाच्ने ठूला दलका नेता खोक्रो राष्ट्रवादको नारा दिन्छन् ।”

“भारतीय इसारामा अहिले नेपालमा रातारात सत्ता परिवर्तनको फोहोरी खेल सुरु भएको छ । तर जनतालाई नसोधेर जे गर्न चाह्यो त्यो छुट नेतामा छैन”, उनले भने । छ महिने सरकारले देशको अर्थतन्त्र उँभो नलाग्ने औँल्याउँदै अध्यक्ष बिजुक्छेले शासक घरीघरी फेर्ने प्रवृत्तीले जनताले फेरि दुःख पाउँने उल्लेख गरे ।

विदेशीसंग झुक्दै गए झुक्ने ठाउँ नै नहुने र देश डुब्ने परिवेशमा पुग्ने तर्क गर्दै अध्यक्ष बिजुक्छेले जनताका प्रतिनिधिले देश विकासका लागि संसदमा बोल्न आग्रह गरे ।

कार्यक्रममा व्यवस्थापिका संसद सदस्य डिल्लीप्रसाद काफ्ले, नेमकिपाका केन्द्रीय सदस्यहरु जयबहादुर शाही, हरिसुन्दर वासी, सरोजराज गोसाईं, नेक्राविसंका अध्यक्ष निरज लवजु, नेक्राशिसंका केन्द्रीय उपाध्यक्ष पूर्णप्रसाद धितालको पनि सहभागिता रहेको थियो ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment