+

फिफा बरियतामा नेपाल १ स्थान तल झर्‍यो

२०७३ वैशाख  २३ गते १५:०६ २०७३ वैशाख २३ गते १५:०६
फिफा बरियतामा नेपाल १ स्थान तल झर्‍यो

Fifa

२३ वैशाख, काठमाडौं । विश्व फुटबल महासंघ फिफाको पहिल्लो बरियतामा नेपाल १ स्थान तल झरेको छ ।

फिफाले प्रत्येक महिना सार्वजनिक गर्ने बरियता क्रममा नेपाल १ स्थान तल झर्दै १८०औं स्थानमा  पुगेको हो । यद्यपी नेपाल दक्षिण एशियामा चौथो स्थानमा यथावत छ ।

१६०औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एशियामा शीर्षमा छ । १६२औं स्थानमा यथावत रहेको भारत दोस्रोमा र एक स्थान तल झर्दै १७८औं स्थानमा रहेको बंगलादेश दक्षिण एशियामा तेस्रो बरियतामा छन् ।

त्यस्तै भुटान १८६औं, श्रीलंका १८७औं र पाकिस्तान १९०औं स्थानमा छन् ।

विश्व बरियताको शीर्ष स्थानमा अर्जेन्टिना यथावत छ । पहिल्लो महिना विश्व फुटबलमा कुनैपनि अन्तर्राष्ट्रिय खेल नभएका कारण शीर्ष ५४ बरियतासम्म हेरफेर भएको छैन ।

नेपाली फुटबल फिफा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय