२४ वैशाख, काठमाडौं । सिरियाको एक शरणार्थी शिविरमा हवाई आक्रमणमा हुँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ ।
विद्रोहीको नियन्त्रणमा रहेको इदलिब प्रान्तस्थित कामूना शरणार्थी शिविरमा आक्रमण भएको अधिकारीहरुले जनाएका छन् । सामाजिक सञ्जालहरुमा पोस्ट भएका तस्वीरहरुमा क्षती भएका टेन्टहरु देखिएको वीवीसीले जनाएको छ ।
सिरियाली र रुसी लडाकु विमानले हवाई आक्रमण गरेको रिपोर्टहरुमा जनाइएको छ । तर यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । घटनामा महिला र बालबालिकालाई निशाना बनाइएको बेलायतस्थित सिरियन अब्जरभेटरी फर हृयुमन राइट्सले जनाएको छ ।
रुस र अमेरिकाको दबाबमा सिरियाली सेना र त्यहाँको विद्रोही समूह एलेप्पोमा अस्थायी युद्धविराम गर्न सहमत भएका थिए । सिरियामा गत फेब्रअरीदेखि युद्धविराम लागू भए पनि पछिल्ला केही दिनमा आक्रमणका घटना बढ्दै गएका छन् ।
अमेरिकाले हमलाको निन्दा गर्दै क्याम्पा रहेका मानिसमाथि सैन्य हमलाको कुने स्पष्टिकरण दिन नसकिने जनाएको छ ।
प्रतिक्रिया 4