Comments Add Comment

विदेश जाँदै हुनुहन्छ ? यी हुन् ‘ब्ल्याक लिस्टेड’ कम्पनी !

Blacksted company

२४ वैशाख, काठमाडौं । सरकारले विभिन्न विदेशी कम्पनीहरुलाई नेपालबाट कामदार लैजान नपाउने गरी प्रतिवन्ध लगाएको बारे तपाईंलाई जानकारी छ ? यस्तो विषयमा थाहा पाउनुभएको छैन भने सचेत रहनुस् । वैदेशिक रोजगार विभागले विभिन्न देशका ५७ वटा कम्पनीलाई नेपालबाट कामदार लैजान नपाउने गरी ‘ब्ल्याक लिस्ट’मा राखेको छ ।

विदेश जाँदा हतारिँदै गर्दा वैदेशिक रोजगारका नाममा त्यस्ता कम्पनीमा पुगेर दुःख पाउनुहोला । नेपाली कामदाका लागि उचित वातावरण नभएको भन्दै वैदेशिक रोजगार विभागले मलेसियासहित युएई, कतार र साउदी अरेवियाका कम्पनीहरुलाई यस्तो प्रतिवन्ध लगाएको छ ।

‘वैदेशिक रोजगारीमा जाँदा बेलैमा होस पुर्‍याइएन भने दुःख पाइन्छ भन्ने सबैले बुझेकै कुरा हो’ श्रम तथा रोजगार मन्त्रालयका वैदेशिक रोजगार विज्ञ मधुविलास पण्डित भन्छन्- ‘अवैधानिक रुपमा दलालको विश्वासमा परेर कामदार त्यस्ता कम्पनीहरुमा पुगे भने ठूलो कष्ट बेहोनुपर्छ ।’

कसरी पुग्छन् कामदार ?

विदेश जान हतारिएर विभिन्न अवैधानिक म्यानपावर र दलालको साथ लाग्ने युवाहरुको पनि कमी छैन ।  धेरै नेपालीहरु वैदेशिक रोजगारीका लागि दलाललाई धेरै पैसा बुझाएर ठगिएका छन् ।

युवाले विश्वास गर्दा दलालहरुले सरकारले विदेश जान रोक लगाएका मुलुक र कम्पनीहरुमा पुर्‍याउने गरेका छन् । सरकारले विदेश जान खुला गरेका बाहेकका कम्पनीमा पुगेका युवालाई धेरैपटक उद्धार गर्नुपरेको छ ।

नेपाली कामदारमाथि श्रम शोषण गर्ने, भनेे अनुसारको सेवा सुविधा नदिने, काम गर्न अत्याधिक जोखिम भएको लगायतका कम्पनीलाई सरकारले ‘ब्ल्याक लिस्ट’मा राखेको हो ।

कुन देशमा कति ?

सो कालो सूचीमा सबैभन्दा धेरै मलेसियाका ५२ वटा कम्पनी छन् । यस्तै साउदी अरेबिया र कतारका २/१ र युएईका एक कम्पनीमा नेपालबाट कामदार जान पाउँदैनन् ।

पछिल्लो पटक विभागले साउदीको मोहरा कम्पनीमा पनि कामदार पठाउन रोक्का गरेको छ । तर, त्यहाँ अझै नेपालीहरु काम गरिरहेकाले ब्ल्याक लिस्टमा भने राखेको छैन ।

विभिन्न म्यानपावर र दलालहरुले भारतीय विमानस्थल प्रयोग गरेर श्रम इजाजत बिना त्यस्ता कम्पनीमा पठाउने गरेको अधिकारीहरु बताउँछन् ।

ती कम्पनीमा पुगेपछि कामदारको अत्याधिक श्रमशोषण हुनसक्ने सरकारको ठहर छ । सरकारले कामदारको गुनासो धेरै भएका, म्यानपावर र सम्बन्धित देशका दूताबासबाट सिफारिस भएका कम्पनीलाई ब्ल्याक लिस्टमा राखेको छ ।

वैदेशिक रोजगार विभागबाट वैधानिकरुपमा श्रम इजाजत लिएर जानेहरु भने ती कम्पनीमा पुग्ने खतरा रहँदैन । किनभने विभागले ती कम्पनीमा जान अनुमति दिँदैन ।

तर, ठगी गर्नेहरुले युवालाई अवैधानिकरुपमा पुर्‍याउने गरेको पाइएको छ । युवाहरु यसमा सचेत भएनन् भने ठग्नेहरुलाई सहज हुने विभागका अधिकारी बताउँछन् । Blocked-Companies-2071-10-22-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment