Comments Add Comment

बेलायतमा पहिलोपटक मुसलमान मेयर

sadiq_khan_labour_party

२५ वैशाख, काठमाडौं । बेलायतमा पहिलोपटक मुसलमान मेयर बनेका छन् ।

प्रमुख प्रतिपक्षी लेबर पार्टीका नेता सदिक खान लण्डनको मेयर निर्वाचित भएका हुन् । उनले कन्जरभेटिभ पार्टीका मेयर पदका प्रत्यासी ज्याक गोल्डस्मिथलाई पराजित गरेका थिए ।

मेरय निर्वाचित भएसँगै उनले कसैको पृष्ठभूमि नहेरी आफ्नो हैसियतले भ्याएसम्म सबै गर्ने जनाएका छन् । उनको जीतले लेबर पार्टीका नेता जेरेमी कार्बियनलाई सघाउने देखिएको छ । जसको पार्टीले पछिल्लो समय देशभर भएका अन्य निर्वाचनहरुमा निराशाजनक नतिजा ल्याएको थियो ।

चुनावी मैदानमा खानका विपक्षी कन्जरभेटिभ उम्मेदवारले उनको सम्बन्ध इस्लामीक उग्रवादीसँग रहेको आरोप लगाएका थिए ।

राजनीतिक पृष्ठभूमिका व्यक्तिहरु अहिले खानको चुनावी विजयले अन्य अल्पसंख्यकहरुलाई पनि उच्च ओहदाको आकांक्षा राख्न प्रेरणा दिने विश्वास गरिरहेका छन्।

तर लण्डनमा धान्न सक्ने मूल्यका आवास उपलब्ध गराउने र महंगी घटाउने, उनका चुनावी वाचा कार्यान्वयन गर्नुभन्दा त्यस्तो उदाहरण दिनु धेरै सजिलो रहेको विश्लेषण  गरिएको छ ।

  बीबीसी नेपालीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment