Comments Add Comment

न्युयोर्कमा नेपाल डे परेडको भब्य तयारी

Nepal day pared bannerन्युयोर्क । न्युयोर्कमा बस्ने नेपालीले आगामी गणतन्त्र दिवसका दिन गर्ने नेपाल डे परेडको भयारी भब्य रुपमा भइरहेको छ ।

न्युयोर्कको डाउनटाउन म्यानहटनको ब्रोड वेमा २९ स्ट्रिटदेखि १८ स्ट्रिटसम्म मे २२ मा गरिने परेडको प्रचारप्रसार तिब्र पारिएको परेडको संयोजन गरिरहेको प्रवासी नेपाली मञ्चका अध्यक्ष संजय थापाले बताए ।

कार्यक्रमको संयोजन मञ्च, नेपाली जनसम्पर्क समिति र नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले गरिरहेका छन् । सम्मेलनको आयोजना अमेरिकामा रहेका नेपाली सम्बद्ध तीन दर्जनभन्दा बढी संघसंस्थाले गरिरहेका छन् ।

nepal day posteringपरेडको प्रचारप्रसार गर्न मञ्चका अध्यक्ष थापा, जनसम्पर्क समितिका अध्यक्ष आनन्द बिष्ट र महासंघका अध्यक्ष लुइसाङ वाइवा पोस्टर टाँस्दै हिडिरहेका छन् । उनीहरुले विभिन्न ठाउमा आयोजना भइरहेका कार्यक्रममा परेडको निम्तापत्र, ब्रोसर लगायतका सामग्री बाँडीरहेका छन् ।

नेपाली कला, संस्कृतिलाई अमेरिकीमाझ चिनाउन गर्न लागिएको परेडमा विभिन्न संघसंस्थाले एक्यवद्धता जनाउँदै सहभागी हुन अपिल गरिरहेका छन् । परेड गर्न लागिएको प्रवासी नेपाली मञ्चका अध्यक्ष संजय थापाले बताए ।

परेडमा नेपाललाई चिनाउने सगरमाथा, गौतम बुद्ध, पशुपतिलगायतका झाँकी प्रस्तुत गरिने छ । त्यस्तै परेडमा विभिन्न जातजाती र समुदायका ब्यक्तिहरु आआफ्नै भेषभुषामा नेपाली झण्डासहित सहभागी हुने छन् । आयोजकले ब्रोडवेमा परेड गर्न न्युयोर्क महानगरसँग स्वीकृति लिएका छन् ।

नेपाल डे परेडलाई सफल पार्न विभिन्न ब्यक्ति तथा संघसस्थाले सहयोग गरिरहेका छन् । परेडका लागि न्युयोर्क निवासी शुसिला श्रेष्ठले ५ सय डलर, त्यहीँ बस्ने बेलु श्रेष्ठले ५ सय डलर, प्रभु मनी ट्रान्सफरले ५ सय डलर, प्रज्वल प्रधानले २ सय डलर, देव वाइवाले १ सय डलर, एनआरएन न्युयोर्क च्याप्टरका अध्यक्ष टेम्बा शेर्पाले १ सय डलर, न्युयोर्कमा रहेको नेपाल एक्जीबिसन एन्ड ईन्टरनेशनल ट्रेड सोको तर्फबाट १ सय ५० डलर र १ सय वटा नेपाली झन्डा, गायक आसुसेन लामाले १४ वटा झण्डा, प्रवासी नेपाली मन्च अमेरीका मध्य पश्चिम क्षेत्रिय संयोजक टेकराज पौडेलले १ सय थाननेपाली झण्डा सहयोग गरेको नेपाल डे परेडका आर्थिक संयोजक मंगलदाश श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment