+
+
Shares

धुर्मुस सुन्तलीलाई सहयोग गर्न इजरायलमा अभियान सुरु

 राम ढुँगाना 'अल्पमत' राम ढुँगाना 'अल्पमत'
२०७३ वैशाख २६ गते १२:२९

Dhurmus-Suntali2

इजरायल । हास्य कलाकारहरु सुताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को दोस्रो एकीकृत वस्ती अभियान अन्तर्गत सिन्धुपाल्चोकको सुरानचौरमा बनाउने एकीकृत वस्तीका लागि सहयोग जुटाउन इजरायलमा अभियान सञ्चालन गरिने भएको छ ।

धुर्मुस सुन्तलीको महाअभियानमा ऐक्यबद्धता जनाउदै इजरायलमा रहेका नेपालीहरुले सहयोग संकलन अभियान सञ्चालन गर्न लागेका हुन् ।

भुइचालोले गर्ल्याम्म घर ढाल्यो, खाने अन्न छैन, जिउ ढाक्ने कपडा छैन, घामपानीमा टाउको लुकाउने  घर छैन । मर्नेहरु मरेर गइसके बाँच्नेहरुको पिडा सुनिनसक्नु छ । यस्तो अवस्थामा रोजगारीको शिलसिलामा इजरायल पुगेका नेपालीहरुले गत शुक्रबार धुर्मुस सुन्तली सहयोग अभियान समिति गठन गरेका हुन ।

समितिले अभियान शुरु भएको मितिबाट पैतीस देखि चालीस दिनभित्र संकलित रकम धुर्मुस सुन्तली फाउन्डेसनमा हस्तान्तरण गर्नेछ ।
सहयोग संकलन समितिमा सागर भुसाल, उमेश नेवार, अर्जुन पौडेल, भोजराज क्षत्री, सुबास खरेल र राम ढुँगाना छन् । यस अभियानमा सहयोग गर्न इजरायलमा रहेका नेपाली तथा संघसंस्थालाई समितिले आहृवानसमेत गरेको छ ।

कलाकार जोडी धुर्मुस-सुन्तलीले यसअघि आफ्नै प्रयासले काभ्रेमा एकीकृत नमुनावस्ती निर्माण गरी स्थानीयलाई हस्तान्तरण गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?