+
+
Shares

केशरबहादुर राप्रपा नेपाल समानान्तरको अध्यक्ष बन्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २६ गते १७:३३

Kesharbahaur-Bist

२६ वैशाख, काठमाडौं । राप्रपा नेपालबाट हालै कारवाहीमा परेका केशरबहादुर विष्ट राप्रपा नेपाल समानान्तरको अध्यक्ष बन्ने गृहकार्यमा जुटेका छन् ।

गणेश शेरचनको नेतृत्वमा रहेको राप्रपा समानान्तरले जेठ २ गते राजधानीमा विष्टको समूहसँग संयुक्त कार्यक्रम आयोजना गर्दैछ ।

गत वर्ष राप्रपाका सहअध्यक्ष पदमसुन्दर लावतीले कमल थापासँग असहमति जनाउँदै ‘समानान्तर राप्रपा नेपाल’ गठन गरेका थिए । लावतीको निधनपछि यो समूहको नेतृत्व शेरचनले गर्दै आएका छन् ।

राप्रपा नेपालका सह-अध्यक्ष भइसकेका विष्ट सिनियर नेता भएकाले उनैलाई अध्यक्ष मानेर अघि जान सकिने राप्रपा समानान्तरका एक नेताले अनलाइनखबरलाई बताए ।

केशरबहादुर विष्टसँग पार्टी एकता हुने स्थितिमा शेरचन कार्यवाहक अध्यक्ष छाड्न तयार रहेको स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?