+
+

पेट्रोलियम डिलर्स एसोसियसनको अध्यक्षमा पुनः प्रधान

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २७ गते १२:१८

petrolium-delers-associatio
२७ वैशाख, काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसनको अध्यक्षमा फेरि लिलेन्द्रप्रसाद प्रधान विजयी भएका छन ।  प्रधान २ सय १६ मत ल्याएर पुनः अध्यक्ष भएका हुन् ।

एसोसियसनको ३९ औ साधारणसभाले प्रधानको नेतृत्वमा चुनावी प्रक्रियाबाट १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । प्रथम उपाध्यक्षमा रघुनाथप्रसाद शाह र द्वितिय उपाध्यक्षमा कपिलप्रसाद अधिकारी निर्वाचित भएका छन ।

महासचिवमा पुनः विश्वप्रसाद अर्याल निर्वाचित भए भने सचिवमा लय भण्डारी निविरोध रहे । सह-सचिवमा टेकराज जोशी र सदस्यमा जनक तिमिल्सिना, बसन्त भुषाल, बनी धिता, यसु प्रधान, अनिलकुमार सिंह र केदारमान सिंह चुनिए ।

यस्तै सुर्दशन कार्की, दुर्गाबहादुर बस्नेत, राजकुमार शाह, सुनिलकुमार गुरुङ र हिमाल गैर पनि बिजयी भए । नयाँ पदाधिकारीले आइतबार नै सपथग्रहण गरे ।

अध्यक्ष प्रधानले पेट्रोलियम क्षेत्रमा देखिएको समस्या समाधान गरी सवै व्यवसायीको हक हितमा काम गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?