Comments Add Comment

सञ्चार क्षेत्रका मागबारे सरकार गम्भिर भएनः महासंघ

२७ वैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघले सञ्चार क्षेत्रका समस्याहरुप्रति सरकार गम्भिर नभएको आरोप लगाएको छ ।

FNJ_logoआइतबार सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमा राष्ट्रिय आम सञ्चार प्रशिक्षण प्रतिष्ठान गठन, पत्रकारहरुको स्वास्थ्य बीमा, निर्देशिका समेत तयार भएको द्वन्द्वपीडित पत्रकार कल्याणकारी कोष सञ्चालन लगायतका विषय नीति तथा कार्यक्रममा सम्बोधन नभएको भन्दै महासंले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

महासंघले यसअघि सम्बन्धित निकायसँगको छलफलमा नीति तथा कार्यक्रममा समावेश गरी कार्यान्वयनमा लागे प्रतिवद्धता जारी भएको भए पनि समावेश नभएको आपत्ति जनाएको हो ।

त्यसैगरी सरकारद्वारा सञ्चालित सञ्चार माध्यमहरुलाई छुट्टै स्वायत्तता दिई सञ्चालन गर्ने गरी सार्वजनिक सेवा प्रसारण (पीएसवी) अन्तर्गत लैजाने गरी समितिसमेत गठन भैसकेको अवस्थामा त्यसप्रति नीति तथा कार्यक्रममा केही उल्लेख नगरिनुले सञ्चार क्षेत्रका समस्याहरूप्रति सरकार उत्तरदायी नभएको देखिएको महासंघले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।

महासंघले राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन, पत्रकारहरुको स्वास्थ्य बीमा, निर्देशिका समेत तयार भएको द्वन्द्वपीडित पत्रकार कल्याणकारी कोष सञ्चालन, जेष्ठ पत्रकार सम्मानवृत्तिलगायत विषयलाई नीति तथा कार्यक्रममा समावेश गरी आगामी बजेटमा समेत बिनियोजन गर्न महासंघ सरकारसँग आग्रह गरेकत्त छ ।

महासंघले नीति तथा कार्यक्रममा  श्रमजीवी पत्रकार ऐन कार्यन्वयनको अनुगमन, आमसञ्चार नीति कार्यान्वयन, पत्रकारहरूको योग्यताको मापदण्ड, सञ्चारमाध्यमको मापदण्ड निर्धारण गरी वर्गीकरण तथा विशिष्टीकरण गर्ने लगायत विषय समावेश हुनु सकारात्मक भएको उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment