Comments Add Comment

मार्बेलाले अन्जन र अनन्तलाई फेरि स्पेन बोलाउने

Ananta-and-Anjan

२७ वैशाख, काठमाडौं । अन्जन विष्ट र अनन्त तामाङले स्पेनिस एकेडेमी टिम मार्बेला युनाइटेड एफसीबाटै खेल्ने भएका छन् ।

अन्जन र अनन्त हालै मात्र नेपाल फर्किएका हुन् । ट्रायलका लागि स्पेन गएका उनीहरुले दुई महिना त्यहाा रहे । उनीहरुले चार देशको यात्रा गरे र केही खेल खेले ।

मार्बेलाले अब अन्जन र अनन्त पूर्णकालीन खेलाडीका रुपमा क्लबमा र्फकने बताएको छ । नेपाली फ्यानले सोधेको प्रश्नमा मार्बेला एफसीले आफ्नो फेसबुक पेजमा लेखेको छ, अन्जन र अनन्त हाल नेपाल फर्किएका छन् । तर, उनीहरु अगष्टमा पूर्णकालीन मार्बेला युनाइटेडका खेलाडीका रुपमा र्फकनेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment