Comments Add Comment

तीन उपाध्यक्षलाई पुनर्वहाली गर्न एन्फालाई फिफाको निर्देशन, चुनाव पनि गर्नु पर्ने

२८ वैशाख, काठमाडौं । विश्व फुटबल महासंघ फिफाले अखिल नेपाल फुटवल संघ एन्फाले बर्खास्त गरेका तीन उपाध्यक्षसहित १ सदस्यलाई तत्काल पुनर्वहाली गर्न निर्देशन दिएको छ । साथै फिफाको छिट्टै निर्वाचन गर्न भनेको छ ।

ANFAएशियाली फुटबल महासंघ एएफसीका प्रतिनिधिले एन्फाको विवादबारे दिएको प्रतिवेदनका आधारमा फिफाले एन्फालाई निर्वाचन गर्न निर्देशन दिएको एन्फाका सीईओ इन्द्रमान तुलाधरले जानकारी दिए ।

उनका अनुसार फिफाले बर्खास्त गरेका तीन उपाध्यक्ष र एक सदस्यलाई आगामी मे २३ (जेठ १०) भित्र पुनर्बहाली गर्न निर्देशन दिएको छ ।

एन्फाबिरुद्ध लागेको भन्दै सोधिएको स्पष्टिकरणमा चित्तबुझ्दो जवाफ नदिएको तथा लगातार तीनवटा बोर्ड बैठकमा उपस्थित नभएको कारण देखाउँदै एन्फाले तीन उपाध्यक्ष कर्माछिरिङ शेर्पा, विजयनारायण मानन्धर र किशोर राई तथा सदस्य पंकज बिक्रम नेम्वाङलाई बर्खास्त गरेको थियो ।

बर्खास्तमा परेका पदाधिकारीलाई जेठ १० भित्रको समयसीमामा पुनर्बहाली गर्न प्रविधिक कठिनाई रहने सीईओ तुलाधरले बताए ।
एन्फाको बिधानअनुसार बोर्ड बैठक बस्न कम्तिमा १४ दिनको समय आवश्यक हुन्छ ।

आगामी शुक्रबारदेखि सुरु हुने फिफाको महासभाका क्रममा फिफा पदाधिकारीसँग छलफल गरेर समस्या समाधानका लागि पहल गर्ने एन्फा सिइओ तुलाधरले जानकारी दिए ।

फिफा महासभामा एन्फाका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र महासचिव धिरेन्द्र प्रधानले सहभागिता जनाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment