Comments Add Comment

खडेरीका कारण ताप्लेजुङमा पानीका मुहान सुक्दा पानीको हाहाकार

Sukeko Muhan
बाह्रै महिना पानी बगिरहने सदरमुकाम नजिकैको मुहान सुकेको अवस्थामा

२९ वैशाख, काठमाडौं । ताप्लेजुङ सहित पूर्वी पहाडी जिल्लामा दैनिक जसो साँझ पख पानी परे पनि खानेपानीका मुहान सुक्न थालेपछि पिउने र सिचाई गर्ने पानीको हाहाकार हुन थालेको छ ।

ताप्लेजुङ नगरपालिका सहित हाङ्देवा, फुरुम्बु, लिङ्खिम, लेलेप, लगायत माथिल्लो क्षेत्रमा दैनिक साँझ पख पानी परीरहे पनि यस क्षेत्रका सबै ढुङ्गेधार, सधै बगिरहने खोल्सा र पोखरी पनी सुक्न थालेको स्थानियले बताएका छन् ।

खानेपानीको मुहाननै सुकेपछि यस क्षेत्रका स्थानिय घण्टौँ लगाएर खोला र सुक्न बाँकि रहेका मुहानबाट खानेपानी ल्याउन बाध्य भएका छन् भने पानीको अभावमा जिल्लाकै मुख्य नगदे बालि अलैचि र खाध्यन्न बाली पनि सुक्न थालेको स्थानिय प्रेमप्रसाद बरालले बताए ।

सदरमुकाम फुङ्लिङमा वितरण गर्दै आएको खानेपानी पनि पर्‍याप्त नहुँदा दैनिक एक घण्टा मात्र वितरण गरीदै आएको छ । गाउँका घर घरमा पुर्‍याईएका धारा र नालामा पानी आउन छाडेपछि बजारका भन्दा गाउँमा रहेका स्थानियको जनजिवन झनै कस्टकर बनेको दोखुका स्थानिय खगेन्द्र पुरीले बताए ।

खडेरीले तल्लो क्षेत्रमा मुहानहरु सुकेका छन् भने माथिल्लो क्षेत्रका हिमालहरु नांगा देखिन थालेकाछन् । पुस माघमा परेको हिउँ जेठ असारसम्म हिमाल रहने भए पनि यो वर्ष भने फागुन-चैतदेखिनै हिमाल सुक्खा र फुस्रो देखिएका छन् । हिमाल नै रितिन थाले पछि खोलाहरुमा पनि पानीको मात्र घटेको छ ।

पानी परीरहे पनि घाम पनि निरन्तर लागेकाले बास्पिकरणका कारण परेको पानी सुक्ने भएकाले अहिलेकै मौषममा मुहान नरसाउने पूर्वी क्षेत्रीय हावापनी फिल्ड कार्यालय ताप्लेजुङका प्रमुख विष्णुप्रसाद न्यौपाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment