+
+

ललितपुरको बखुण्डोलमा खुल्यो टोयोटाको एक्सचेन्ज आउटलेट

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २९ गते २०:२९

Suraj-Baidhya

काठमाण्डौ । जापानी सवारीसाधन निर्माता टोयोटाको नेपालका लागि आधिकारिक बिक्रेता युनाईटेड ट्रेर्डस् सिन्डिकेटले आफ्नो सेवा बिस्तारको क्रममा ललितपुरमा नयाँ आउटलेट खोलेको छ ।

ग्यालेक्सी अटोमोवाइलको नाममा ललितपुरको बखुन्डोलमा खुलेको यस एक्चेन्ज आउट-लेटबाट ग्रहकले जुनसुकै ब्राण्डका गाडीहरु उचित मूल्यमा बिक्रि गर्नुको साथै टोयोटाका नयाँ-नयाँ मोडलहरुसमेत सट्टा-पट्टा गर्न पाउने छन् ।

उक्त आउटलेटको बैशाख २७ गते बैद्यज् अर्गनाइजेशनका प्रेसिडेन्ट सुरज बैद्यले शुभारभ्भ गरे ।

टोयोटाको अन्तर्राष्ट्रिय मापदण्डअनुसार खुलेको यस आउटलेटमा गाडीको क्षमता, आयु र कन्डिसन सबै हेरर प्रमाणित गरिने छ । यसबाट बिक्री गर्ने ग्राहकले उचित मूल्य पाउनुको साथै त्यहि स्थानबाट आफ्नो आवश्यकता अनुरुपको टोयोटा कार खरिदसमेत गर्न सक्ने छन् ।

मुल्याङ्कन गर्ने कर्मचारीलाई अन्तर्राष्ट्रिय स्तरको तालिम दिई तयार गरिएकाले मुल्याङ्कन सहि हुने कम्पनीको दावी छ ।

साथै, टोयोटाले यहि आउटलेटबाट बैशाख २८ गते देखि जेठ २ गतेसम्म एक्स्चेन्ज मेलाको आयोजना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?