३० वैशाख, काठमाडौं । गत वर्षको भूकम्पछि बन्द रहेको परोपकार प्रसुति ‘टेस्ट्युब बेबी’ सवा अझै सञ्चालनमा आउन सकेको छैन ।
सरकारी स्तरमा पहिलोपटक प्रसुति गृहले आईभीएफ प्रविधिबाट यो सेवा सञ्चालनमा ल्याएको थियो । आजको कारोबार दैनिकमा समाचार छ ।
भूकम्पका कारण अस्पतालका भवनहरुमा क्षति पुगेपछि यो सेवा अवरुद्ध छ ।
सेवा सञ्चालनमा नआएकै कारण निः लसन्तान दम्पतिहरु महँगा निजी अस्पतालमा चर्को शुल्क तिरेर टेस्ट्युब बेबीको सुविधा लिन बाध्य छन् ।
भूकम्पका कारण ६२ शय्याको भवनमा क्षति पुग्दा टेस्ट्युब बेबीसम्बन्धी सबै सेवा ठप्प भएको प्रसुति गृहले जनाएको छ ।
२०७१मा प्रसुति गृहले सेवा सुरु गरेयता २७ दम्पति टेस्ट्युब बेबी पाइसकेका छन् । भूकम्पको केही दिअघिसम्म पाँच नि सन्तान महिलाले सेवा लिन शुल्क तिरिसकेका थिए ।
तर, सेवा सञ्चालनमा नआउँदा उनीहरु निराश बनेका छन् । टेस्ट्युब बेबीका लागि प्रसुति गृहले एक जनाबाट १ लाख ६० हजार रुपैयाँसम्म शुल्क लिन्छ ।
प्रतिक्रिया 4