Comments Add Comment

पोर्चुगलमा महजात्रा सम्पूर्ण तयारी पुरा

maha-jatra
लिस्बन । एनआरएनए पोर्चुगलको आयोजनामा हुन लागेको महजात्रा-२०१६काे सम्पूर्ण तयारी पुरा भएको छ । कार्यक्रमका संयोजक तथा एनआरएनए पोर्चुगलका अध्यक्ष भिम केसीका अनुसार नेपाली सुत्केरी महिलाहरुको आङ्ग खस्ने रोग निवारणका लागी सहयोग संकलनार्थ महजात्रा अायोजना गरिएको हो ।

एनआरएन केन्द्रिय महिला बिभागको बिशेष आमन्त्रणमा युरोप भ्रमणमा रहेका कलाकारहरु मदनकृष्ण श्रेष्ठ तथा हरिबंश आचार्य लगायतका कलाकारहरुको संयुक्त प्रस्तुतिका लागि राजधानी लिस्बनमा आगामी २२ मे का दिन एनसीसी पोर्चुगलले बिशेष कार्यक्रमको आयोजना गरेको उनले जानकारी दिए ।
 
एनआरएनए पोर्तुगलको प्रमुख आयोजना तथा नेपाली महाबाणिज्य दूत लिस्बन साथै जुन्ता फर्गेसिया दा आरोईसको सहयोगमा हुन लागेको उक्त महजात्रा -२०१६ कार्यक्रममा पोर्चुगलबाट संचालित नेपालीभाषी अनलाइन मिडियाहरुले  समेत सहयोग  गरेका छन् ।

जसमा तपाइको आवाज डट कम, नमस्ते नेपाली डट कम, नेपाल पोर्चुगल डट कम, सिमानापारि डट कम, नेपाली वेभ डट कम, युरोप संसार डट कम, दृस्टीनेपाल डट कम, फेस नेपाल डट कमकोसमेत प्रचार-प्रसारमा सहयोग रहेको अध्यक्ष केसीले जानकारी दिए । 
सामाजिक भावना लिएर आयोजना गरिएकोले उक्त कार्यक्रमबाट प्राप्त रकम एनआरएनए पोर्चुगलको कल्याणकारी कोष अन्तर्गत प्रयोग गरिने भएको छ  ।
 
कार्यक्रमलाई मर्यादित तथा अनुशासित बनाउने उद्देश्यले बिशेष उप-समितिहरु समेत गठन गरिएको छ। जसमा टिकट तथा प्रचार प्रसार समिति, ब्यबस्थापन समिति, अतिथि तथा भीआइपीहरु र दर्शकहरुको ब्यबस्थापनको लागि उपाध्यक्ष सुनिल संगम, शम्भु गौतम तथा राजन शेरचनको संयोजकत्वमा उपसमितिहरु गठन गरी कार्य बाडफाँड गरेको छ  ।
 
हल ब्यबस्थापन, साउण्ड सिस्टम ब्यबस्थापन लगायतका टेक्निकल कार्यको सबै काम तयारी पुरा भएको र अब टिकट बिक्रि बितरण र प्रचार प्रसारको काम तिब्र चलेको कुरा उपसमितका संयोजक सुनिल संगमले जानकारी दिए ।

आयोजकले उक्त कार्यक्रमका लागी करिव एक हजार टिकट बिक्रि गर्ने सोच लिएको छ भने कार्यक्रम हलको क्षमता पनि एक हजार माथि रहेको छ ।  जुन्ता फर्गेसिया दा आरोइस लिडिल आन्जुस नजिक रहेकाले धेरै नेपाली दर्शकहरुको उपस्थिति रहनेमा अायोजक ढुक्क छ  ।
 
टिकट सार्वजनिक तथा बितरण कै पहिलो दिन ३०० टिकट बिक्रि भैसकेको जानकारी अध्यक्ष केसीले दिए । १ हजार टिकट बिक्रि हुनेमा अपेक्षा छ । 

महाजात्रा-२०१६ का लागी कलाकारहरु मे २० तारिक लिस्बन आउने र २२ तारिक प्रहसन गरेर मे २४ तारिक फर्कने कार्यक्रम रहेको छ  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment