Comments Add Comment

७० वर्षकी महिलाले बच्चा जन्माइन्, ७९ वर्षका वृद्ध बाउ बने

bachhaमहिनावारी सुकेपछि महिलाहरुले प्राकृतिक रुपमा बच्चा जन्माउन असम्भव हुन्छ र सामान्यतया ४५।५० वर्षमा महिलाको महिनावारी सुक्दछ । तर भारतकी एक महिलाले भने ७० वर्षको उमेरमा बच्चा जन्माएर विश्व किर्तिमान कायम गरेकी छिन् ।

भारतको हरियाणास्थित एक निसन्तान क्लिनिकमा टेस्टट्युब प्रविधिबाट हालै ७० वर्षकी दालजिन्दर कौरले छोरा जन्माएकी हुन् ।

यति बुढो उमेरमा सन्तानको के रहर जाग्या होला ? भन्ने मानिसहरुलाई जवाफ दिँदै उनले आफु बच्चा पाउनका लागि खासै बुढो नभएको भन्दै छोरो आएसँगै परिवारले पूर्णता पाएको बताइन् । नवजात छोराको नाम अरमान राखिएको छ ।

७९ वर्षमा बाउ बन्न सफल भएका मोहिन्दर सिंह गिलले आफुहरु बुढा भएका कारण छोराको हेरचाह कसले गर्ला भनेर चिन्तित नभएको भन्दै इश्वरले सबै चिज हेर्ने बताउँछन् ।

हरियाणाको नेसनल फर्टिलिटी एण्ड टेस्टट्युब सेन्टरमा जन्मिएको उक्त शिशु जन्मिँदा २ केजी तौलको थियो । गत अपि्रल १९ मा उक्त शिशु जन्मिएको र हाल ऊ स्वस्थ रहेको बताइएको छ ।

४६ वर्षअघि बिहे गरेको दम्पत्तिले यो उमेरसम्म आइपुग्दा समेत बच्चा नजन्मिएपछि सन्तानको माया मारिसकेको थियो । तर आफुहरुको प्रार्थना इशवरले सुनेको र आफुहरुलाई सन्तानलाभ भएको भन्दै उनीहरुले खुसी मनाइरहेका छन् ।

प्रार्कतिक तवरले गर्भाधान हुन नसकेपछि निरास जिवन बिताएका उनीहरुले सन् २०१३ देखि बच्चाको आशामा टेस्टट्युब बेबी केन्द्रमा धाउन थालेका र्थिए । दुइपटक उनको पाठेघरमा गर्भाधान गर्ने प्रयास असफल भएपनि गत जुलाइमा कृत्तिम गर्भाधान सफल भएको थियो ।

७० वर्षको उमेरमा बच्चा जन्माउने दालजिन्दर विश्वमा सबैभन्दा पाको उमेरमा आमा बन्ने महिला बन्न सफल भएकी छिन् । यसअघि यो उपाधि भारतकै राजोदेवी लोहानको नाउँमा थियो । उनले पनि ७० वर्षकै उमेरमा बच्चा जन्माएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment