+
+
Shares

धेरै भिटामिनको सेवन गर्भवतीका लागि खतरनाक

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ३१ गते १०:२५

garvabatiगर्भवती महिलालाई प्रसवजन्य समस्याबाट बचाउन तथा आमा र बच्चाको स्वास्थ्य मजबुत बनाउनका लागि भन्दै फोलिक एसिड अर्थात भिटामिन बी ९ दिने गरिन्छ ।

आमा र गर्भको बच्चाको स्वास्थ्यका साथै पर्याप्त वृद्धि विकाशका लागि भिटामिन सँगै अन्य पौष्टिक तत्वको सन्तुलित मात्रा आवश्यक भएपनि गर्भावस्तामा आवश्यकता भन्दा बढि भिटामिनको सेवन गर्दा त्यसले गर्भको बच्चामा असर पार्ने शोधकर्ताहले पत्ता लगाएका छन् ।

गर्भवती महिलाले अधिक भिटामिन सेवन गरेमा त्यसले बच्चामा अटिज्म स्पेक्ट्रमको खतरा बढाउने देखिएको छ ।

अमेरिकाको बाल्टिमोर सहरस्थित जोन हपकिन्स ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थका वैज्ञानिकहरुका अनुसार यो नयाँ शोधको उद्धेश्य फोलिक एसिडको सन्तुलित मात्रा तथा त्यसको प्रभावका बारेमा बुझ्नका लागि थियो ।

शोध अनुसार जो महिलाहरुको रगतमा फोलिक एसिडको उच्च मात्रा हुन्छ त्यस्ता महिलाबाट जन्मिने बच्चामा अन्य महिलाको तुलनामा अटिजमको खतरा २ गुणा हुन्छ ।

त्यस्तै रगतमा बढि मात्रामा भिटामिन बी १२ हुने महिलाका सन्तानमा अटिज्मको खतरा तेब्बर हुन्छ ।  त्यस्तै जो महिलाको सरीरमा फोलिक एसिड र भिटामिन बी १२ दुबैको मात्रा बढि हुन्छ उनीहरुको सन्तानमा यस्तो खतरा १७ गुणा बढि हुन्छ ।

हालै अमेरिकाको बाल्टिमोरमा आयोजित अटिज्म अनुसनधान सम्बन्धी अन्तराष्ट्रिय बैठकमा यो शोध प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?