+
+
Shares

अवैध लागूऔषध ब्राउन सुगरसहित ३ पक्राउ

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७३ वैशाख ३१ गते १३:५७

Braun-sugar-user

३१ वैशाख, रौतहट । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रौतहटको पौराईमा विहीवार राति अवैध लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर ८ पौराई स्थित पूर्व-पश्चिम राजमार्गमा विशेष सुराकीको आधारमा प्रहरीले चेकजाँच गर्ने क्रममा १० ग्रामको दुई पोका ब्राउन सुगरसहित सिम्राभवानीपुर गाविस ६ का लिलाराज चौधरी र चन्द्रपुर नपा १२ का विनोद चौधरीलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।

लागुऔषध लिएर गइरहेको सूचनाको आधारमा पौराईमा ना २७ प ९५९३ नम्वरको मोटरसाइकल लाई खानतलासी गर्दा कारोवारी सहित तीन जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी नविनकृष्ण भण्डारीले बताए ।

पक्राउ परेकाहरुसँग सोधपुछ गर्दा चन्द्रपुर नपा ६ जुडिवेलाका विरोधी दाससँग खरिद गरेको खुलेपछि राति नै जुडिवेला स्थित दासको घरमा छापा मारेर निजलाई समेत नियन्त्रणमा लिएको डिएसपी भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?