+
+
Shares

अवैध हिरोइनसहित ६ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १ गते ८:४५

१ जेठ, इटहरी। सुनसरी जिल्लाको धरान उपमहानगरपालिका– १४ विजयपुरगढीस्थित पिण्डेश्वर चोकबाट प्रहरीले शुक्रबार साँझ अवैध हिरोइनसहित ६ जना लागुऔषधका कारोबारीलाई पक्राउ गरेको बताएको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार अवैध लागुऔषध हिरोइनको कारोबारी समूहबीच विवाद भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ परिचालित प्रहरीले ९ ग्राम २८० मिलिग्राम हिरोइन बरामद गरेको छ ।

अवैध लागुऔषध ओसारपसार तथा बिक्री वितरण कारोबारमा गिरोह नै सक्रिय रहेको हुनसक्ने स्थिति देखिएकाले अहिले नै पक्राउ परेकाको नाम सार्वजनिक गर्न नमिल्ने प्रहरी नायब उपरीक्षक खतिवडाले जानकारी दिए ।  उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखेर अनुसन्धान भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?