Comments Add Comment

अन्नपूर्णमा अलपत्र परेका मध्ये १० जनाको उद्धार

अन्यको उद्धारका लागि प्रयास जारी

Everest-basecamp-1१ जेठ काठमाडौं । अन्नपूर्ण पदयात्राका क्रममा अलपत्र परेका १८ मध्ये १० को उद्धार गरिएको छ  । थप उद्धारका लागि हेलिकप्टर परिचालित छन् ।

दुई विदेशी सहित १८ जना पर्यटक अलपत्र परेका सूचना शुक्रबार सार्वजनिक भएको थियो ।

मौसममा आएको सुधारसागै फसेका मध्ये १० जनाको पहिलो चरणमा उद्धार गरिएको हो । उद्धार गरिएका पर्यटकहरुलाई फु गााउमा राखिएको ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)का  रेस्क्यू कोअर्डिनेटर देवी पाण्डेले अनलाइखबरलाइ जानकारी दिए ।

पाण्डेका अनुसार  सरिबुङ बेसक्याम्पमा हेलिकप्टर अवतरण गरेर उनीहरुको उद्धार गरिएको हो । दोस्रो चरणमा बााकी पर्यटकहरुको उद्धार गरिने छ । उद्धारका लागि दुईवटा हेलिकप्टर खटिएका छन् ।

पाण्डेले उद्धार गरिएकाहरुको स्वास्थ्य अवस्था नाजुक रहेको भन्दै प्रारम्भिक उपचार पछि काठमाडौं ल्याइने जानकारी दिए ।

दुई जर्मन पर्यटक सहित १८ जनाको टोली मुस्ताङबाट सारिबुङ साउथ ५०९२ मिटरमा पुगेपछि हावाहुरी लागेसागै फसेका थिए । हावाहुरीसहित आएको हिमपातका कारण सबै सामान हराएको थियो ।

जर्मन पर्यटक ४४ वषर्ीय टोविस ग्रोनेन र ४८ वर्षीय गुडरुन इन्ग्रिडका साथमा रहेका नेपाली गाइड, क्लाइम्बिङ शेर्पा, बेसक्याम्प शेर्पा पोर्टरसहितका  १६ नेपाली फसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment