Comments Add Comment

वैद्य माओवादी फुट्यो, एमाओवादीसँग एकताको निर्णय

baidhya and badal

१ जेठ, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी औपचारिक रुपमा फुटेको छ । एमाओवादीसँग एकता गर्ने पक्षमा रहेको रामबहादुर थापा बादल पक्षले शनिबार औपचारिक  बैठक राखेर अध्यक्ष माेहन वैद्यलार्इ कारवाही गर्ने निर्णय गर्याे ।

बादल पक्षका बहुमत केन्द्रीय सदस्यहरुको बैठकले एमाओवादीसँग पार्टी एकताको औपचारिक निर्णय पनि गरेको छ । नेवाः राज्य समितिको कार्यालय कुपण्डोलमा पार्टी एकताको निर्णय गर्न बैठक बसेकाे थियो ।

बादल पक्षले वैशाख २८ गते नै पार्टी एकताको निर्णय गर्ने तयारी गरे पनि अध्यक्ष मोहन वैद्यलाई मनाउन अन्तिम प्रयास गर्न भन्दै आजसम्मका लागि बैठक स्थगित गरेको थियो । तर, वैद्यलाई मनाउने अन्तिम प्रयास पनि असफल भएपछि बादल पक्षका केन्द्रीय सदस्यहरुले एकताको निर्णय गरेका हुन् ।

एमाओवादीसँग एकता गर्न मातृका यादव, मणि थापा र विप्लव माओवादीका केही केन्द्रीय सदस्य र नेतृ जयपुरी घर्ती तयार भएका छन् । माओवादीहरुको एकता जेठ पहिलो साता भित्रै टुंग्याउने नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment