+
+

ताप्लेजुङमा गुम्बाको दानपेटिका चोरियो

रविन भट्टराई रविन भट्टराई
२०७३ जेठ १ गते १९:२४

१ जेठ, ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम नजिकै रहेको सांगा छ्योखोर्लिङ गुम्बामा शनिवार दिउँसै चोरी भएको छ । पाँच वर्षदेखि नखोलिएको दानपेटिका चोरी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।

Taplejung-policeदान पेटिका गुम्बादेखि केहि पर लगेर फोडेको अबस्थामा फेला परेको तर रकम फेला नपरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख रामबहादुर केसीले बताए ।

दिउँसो गुम्बामा कोहि नभएको समयमा चोरी भएको गुम्बा लामा कुलमान गुरुङले बताए । गुम्बामा विहान र साँझ मात्र पूजा हुने भएकाले दिउँसोको समयमा गुम्बामा ताला लगाउने गरिएको थियो ।

साँझको पूजा गर्न आएको समयमा गुम्बाबाट चोरी भएको थाहा पाएपछि लामाले प्रहरीलाई खबर गरेका थिए । घटनाको विषयमा जानकारी पाउनासाथ सो क्षेत्रमा प्रहरी परीचालन गरी अनुसन्धान भइरहेको प्रमुख केसीले बताए । दान पेटिकामा करीब दुई लाख रकम भएको लामाको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?