+

रोनाल्डो र मेस्सीलाई उछिन्दै स्वरेजले जिते गोल्डेन बुट

२०७३ जेठ  २ गते ५:२९ २०७३ जेठ २ गते ५:२९
रोनाल्डो र मेस्सीलाई उछिन्दै स्वरेजले जिते गोल्डेन बुट

Luis Suarez 1

२ जेठ, काठमाडौं । क्रिष्ट्रियानो रोनाल्डो र लिओनल मेस्सीलाई उछिन्दै बार्सिलोनाका स्टाइकर लुइस स्वरेज स्पेनिस ला लिगाको टप स्कोरर बनेका छन् ।

ला लिगामा २००९ पछि मेस्सी र रोनाल्डो बाहेक अर्का खेलाडी टप स्कोरर बनेको यो पहिलो पटक हो ।

शनिबार राति बार्सिलोनालाई २४ औं पटक स्पेनिस च्याम्पियन बनाउने क्रममा स्वरेजले ग्रानाडाविरुद्ध हृयाट्रिक गरे । यससँगै उनको ला लिगामा यो सिजन व्यक्तिगत गोल ४० भएको छ ।

उनले पछिल्लो ५ खेलमा मात्र १४ गोल गरेका छन् । स्वरेजले अब गोल्डेन बुट र पिचिचि अवार्ड पाउने छन् । गत वर्षका टप स्कोरर रियल मड्रिडका रोनाल्डो भने पाँच गोलले पछि पारे ।

बार्सिलोनाका मेस्सीले यो सिजन ला लिगामा २६ गोल गरेका छन् ।

उरुग्वेकका स्वरेजले यो सिजन ला लिगामा ३५ खेल खेले भने यो सिजन सबै प्रतियोगितामा गरेर ५२ खेलमा ६० गोल गरेका छन् ।

ला लिगा लुइस स्वरेज

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय