+
+
Shares

सौगातसँग काम गर्न चाहन्छिन् श्रृष्टी, ऋचा शर्माबाट पनि प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २ गते १०:००

Shristhi Shrestha
नेपाली चलचित्र क्षेत्रमा उदाउँदै गरेकी ‘पूर्व मिस नेपाल’ श्रृष्टी श्रेष्ठको नजरमा नायक सौगात मल्ल उत्कृष्ट कलाकार हुन् । सौगातसँग काम गर्न व्यग्र प्रतिक्षा गरेकी यी सुन्दरीले उनको कथामा भिज्ने शैलीलाई मन पराइन् ।

अनलाइनखबरसँग कुरा गर्दै श्रृष्टीले भनिन्-‘सौगात मल्ल बलियो पात्र हुन् । हरेक चरित्रलाई न्याय दिन सक्नु उनको खुबी हो । म उनको फ्यान हुँ ।’ श्रृष्टीका अनुसार ‘कथा’ नामक चलचित्र हेरेपछि उनी सौगातको फ्यान भएकी हुन् । यतिमात्र होइन, श्रृष्टीको नजरमा सौगात वास्तविक कलाकार हुन् । अहिलेसम्म सौगातसँग म्यूजिक भिडियोदेखि चलचित्रमा श्रृष्टीले काम गर्ने अवसर पाएकी छैनन् । तर, प्रतिक्षा गरिरहेकी छिन् ।

नायिकाको हकमा भने उनलाई ऋचा शर्मा मनपर्छ । ऋचा पनि आफ्नो पात्र भित्र भिज्ने खुबी राख्छिन् । उनको नजरमा ऋचा नायिका भन्दा पनि भूमिकामा भिज्ने पात्र हुन्, जुन उनलाई सर्वाधिक मन परेको छ । श्रृष्टी पनि आफू नायिका भन्दा कलाकार बन्न चाहेको बताउँछिन् ।

श्रृष्टी अभिनित चलचित्र ‘गाजलु’ जेठ २८ गते अल नेपाल रिलिज हुँदैछ । यो चलचित्रबाट उनले चलचित्र क्षेत्रको ढोका खोल्ने आश गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?