Comments Add Comment

भारतले गर्‍यो नेपालसँग जोड्ने तीन हिन्दु सर्किटको प्रस्ताव

pashupati and banaras

२ जेठ, काठमाडौं । भारतले नेपालसँग जोड्ने तीन हिन्दु सर्किटको प्रस्ताव अघि सारेको छ । नरेन्द्र मोदी सरकारको पर्यटन मन्त्रालयले भारत र नेपालबीच तीन हिन्दु सर्किट बनाउने योजना अघि सारेको हो ।

पर्यटन मन्त्री महेश शर्माले नेपाल र भारतको सम्वन्ध सौहर्दपूर्ण रहेको भन्दै सबै ठीक हुने विश्वास व्यक्त गरे । भारतीय सञ्चार माध्यम द सण्डे स्ट्याडर्डका अनुसार भारतले अघि सारेको तीन हिन्दु सर्किट भगवान शिव र रामको हो ।

पहिलो सर्किट रामको जन्मभूमि अयोध्याबाट सुरु हुनेछ । यो भारतको चित्रकूट, बक्सर, दरभंगा, सीमामढी हुँदै नेपाल आउनेछ । राम सीताको विवाह भएको जनकपुरधामसम्म पुग्नेछ ।

अर्को सर्किट शिव पार्वती १ र २ नामको छ । यो काठमाडौंमा रहेको शिव मन्दिर पशुपतिनाथबाट सुरु हुनेछ । पोखरा, महेन्द्रनगर हुँदै टनकपुर, जागेश्वरधाम हिरिद्वार हुँदै चारधाम पुग्नेछ ।

अर्को सर्किट वाराणशीबाट सुरु हुनेछ र काठमाडौं र पोखरासम्म जोडिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment